इलाम २ मा एमाले उम्मेदवार सुहाङ १ हजार मतान्तरले अगाडि

images

इलाम, १६ वैशाख २०८१ । इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । इलाम बजारस्थित सिटी हलमा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । अहिलेसम्मको मत गणनामा सुहाङ १ हजार मतान्तरले अगाडि छन् । उनले ३ हजार ७८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७८२ मत प्राप्त गरेका छन् । 

चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन कुमार योङहाङ लिम्बुले ५६१ मत ल्याएका छन् । 

अहिलेसम्मको गणनाअनुसार राप्रपाका लक्ष्मी गुरुङले २३, जनमतका प्रमे कुमार थाम्सुहाङले १३, एकीकृत समाजवादीका जीत बहादुर राईले १७, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले २, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले ५३ मत, राप्रपा नेपालका गणेश बहादुर चौहानले २ मत, नेपाली जनता दलका रेशम बहादुर सुनारले १९ मत, नेशनल रिपब्लिक नेपालका धनराज राना मगरले १ मत, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहले ३ मत ल्याएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारहरु अर्जुन बहादुर शाहीले ५, डाक प्रसाद गौतमले ०, दिपेश बोहराले १२, मनोज निरौलाले ०, योगेन्द्र गुरुङले १ र राज वश्यालले २ मत ल्याएका छन् ।