प्रशिद्ध गजलकार प्रकट पंगेनीको निधन

images

पोखरा, ४ वैशाख २०८१ । प्रशिद्ध गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । उनको मंगलबार दिउँसो पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । 

भाइरल ज्वरोले उनको निधन भएको स्रोतले जनाएको छ । ज्वरोपछि निमोनिया भएको र मणिपालमा सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । 

पंगेनीका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनका ‘अक्षरभरि अक्षता’, ‘प्रणय वेदका ऋचाहरू’, ‘यो मन कतै अल्झेको छ’ लगायतका कृति प्रकाशित छन् । 

पछिल्लो समय आफ्नो जन्मस्थान कास्कीको रूपा गाउँपालिकामा बसेर यशस्वी कटेज सञ्चालन गरिरहेका थिए । ७० वर्षीय उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।