मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टरभन्दा बढी जमिन नष्ट

images

उलानबटोर (मङ्गोलिया), ४ वैशाख । यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको समाचार छ  । आगलागीबाट  ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान नष्ट भएकोे मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

एजेन्सीका अनुसार जनताको लापरवाही नै जङ्गली आगोको प्रमुख कारण थियो । वसन्त ऋतुको हावाहुरी र सुक्खा अवस्थाको बीचमा जनतालाई खुला आगो नलगाउन वा चुरोटको ठुटाहरू ननिभाई जमिनमा नफ्याँक्न नेमाले आग्रह गरेको छ ।  

मङ्गोलियामा कठोर प्रकृतिको महाद्वीपीय जलवायु भएकाले यसको मौसम सामान्यतया वसन्त ऋतुको समयमा सुक्खा र हावाहुरी चल्ने खालको हुन्छ । रासस