वीरगञ्जमा डोली यात्रा 

images

वीरगञ्ज, ४ वैशाख । चैतेदसैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरले आज दिउँसो निशानसहितको डोली यात्रा गरेको छ । मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले दिनको अपराह्न चार बजेको शुभसाइतमा निशानसहितको डोली यात्राको गरेको हो । 

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट प्रारम्भ भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गण आएर समापन हुनेछ ।