२०७४ मंगसिर २६, मंगलबार , नेपाली समय : ०३:५३ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

आजको म्यूजिक

मोनालिसा पराजुलीको इंग्लिस गीत 'ओ माई  लर्ड...' (भिडियोसहित)

गायिका मोनालिसा पराजुलीले 'ओ माई लर्ड...' बोलको एक इंग्लिस गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा स्वरसहित संगीत र रचना पनि गायिका मोनालिसा कै रहेको छ । आफैले निर्देशन गरेको यो गीतको भिडियोमा गायिका मोनालिसाले नै अभिनय पनि गरेकी छिन् ।

पुरा पढ्नुहोस्

नयाँ गीतको म्यूजिक भिडियो लिएर आउँदै उत्तम विक्रम

गायक उत्तम विक्रम विष्टको नयाँ गीतको म्यूजिक भिडियो आउने भएको छ । 'समयको माग...' बोलको गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छन् गायक विष्ट । यो गीतको भिडियो शुक्रबार सुटिङ भएको र केही दिनभित्रै सार्वजनिक गर्ने तयारी भएको गायक विष्टले जानकारी दिए ।

पुरा पढ्नुहोस्

धुर्मुस–सुन्तलीको दशौँ वैवाहिक वार्षिकोत्सवमा म्यूजिक भिडियो (भिडियोसहित)

चर्चित कलाकार तथा सामाजिक अभियन्ता जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को विवाह भएको ९ वर्ष पुरा भएको छ । सो अवसरमा 'म जुन दिनदेखि...' बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 'उनी र म' नाम दिइएको सो गीतका शब्द दिनेश थपलियाले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको यो गीतलाई राजेश पायल राई र अन्जु पन्तले गाएका हुन् ।

पुरा पढ्नुहोस्

नेपाली संगीत उद्योग डिजिटल प्रविधिमा जानु पर्ने आवश्यकता

नेपाली गीत, संगीतको विकास, विस्तार र प्रवर्द्धनकालागि अब डिजिटल प्रविधिमा जानु पर्ने आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल संगीत उद्योग संघ र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित 'डिजिटल युगमा नेपाली संगीत उद्योग' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संगीत उद्योग अब डिजिटल प्रविधिमा नगइ नहुने आवश्यकता औल्याएका हुन् ।

पुरा पढ्नुहोस्

चलचित्र 'कान्छी' को गीत 'चरी चट्ट परी...' भाइरल, युट्युवमा एक नम्बर ट्रेण्डिङ !

नेपाली चलचित्र 'कान्छी'को गीत भाइरल बन्दै गइरहेको छ । नोभेम्बर २ तारिख युट्युवमा अपलोड गरिएको 'चरी चट्ट परी...' बोलको गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युवमा हेर्नेको संख्या ९ लाख ५९ हजार ३ सय ८७ पुगिसकेको छ । यो गीतलाई हिजैबाट युट्युवले एक नम्बर ट्रेण्डिङमा पनि राखिसकेको छ ।

पुरा पढ्नुहोस्

टीका पहारीको सशक्त अभिनयमा बी.पी. वाग्लेको 'म छहारी हुँ तिम्रो...' (भिडियोसहित)

एउटा गीत उत्कृष्ट बन्न शब्द, संगीत, एरेन्ज, स्वर र कलाकारको अभिनय पनि सशक्त हुनै पर्दछ । यस्तै उत्कृष्ट गीतको एक उदाहरण बनेको छ गायक बी.पी. वाग्लेको 'छहारी हुँ म तिम्रो...' । गीतलाई उत्कृष्ट बनाउने पहिलो पाटोको रुपमा रहेको शब्द लेखेका छन् वरिष्ठ गीतकार डा. भोला रिजालले । वाग्लेले आफ्नै संगीत संयोजनमा यो गीत तयार गरेका हुन् । यसको एरेन्ज भने रिकेश गुरुङको रहेको छ ।

पुरा पढ्नुहोस्

पप सङ्गीतका लेजेण्ड धीरजको 'जलाई दिन्छु...' बजारमा (भिडियोसहित)

पप सङ्गीतका लेजेण्ड गायक धीरज राईले भरखरै आफ्नो नयाँ एल्बम सार्वजनिक गरेका छन् । पाँचवटा गीत समावेश भएको 'लभ ब्यालेड्स' अर्थात प्रेम गाथा नामक एल्बम सार्वजनिक गरेका हुन् । एल्बममा समावेश एक गीत 'जलाई दिन्छु म आफैलाई आज तिमीलाई न्यानो हुन्छ भने...' बोलको गीतलाई उनले भिडियो पनि निर्माण गरेका छन् ।

पुरा पढ्नुहोस्

‘दशैँ–तिहार गाउँमै रमाइलो’

गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।

पुरा पढ्नुहोस्

ससान कँडेल र अर्पणा श्रेष्ठको  ‘अघि बढौँ न’  सार्वजनिक

गायक तथा निर्देशक ससान कँडेल र गायिका अर्पणा श्रेष्ठको नयाँ गीत ‘अघि बढौँ न’ सार्वजनिक भएको छ । भावना खतिवडाको शब्द कल्याण सिंहको संगीत रहेको गीत अघि बढौन हालै युटुव मार्फत सार्वजनिक भएको हो  । झुमिझुमी नाच्न मिल्ने यस गीतमा छुट्टै मिठास पाइन्छ । त्यसैकारण पनि छोटो समयमा दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाएको गायक कँडेल ले बताए ।

पुरा पढ्नुहोस्

छाटो लुगा लगाउँनु समयको माग ! – गायक उत्तम विक्रम विष्ट

केटीहरुले छोटो लुगा लगाएर हिड्दा के हुन्छ ? केटीहरु किन छोटो लुगा लगाएर हिड्छन् ? यसले समाजलाई र व्यक्तिलाई कस्तो असर पार्छ ? अनि गर्नु पर्ने चाहिँ के हो त ? यी विषयमा धेरै पहिलेदेखि नै चर्चा हुने गरेकै हुन् । तर यसको निष्कर्ष के त ? भन्ने विषयमा अझै अन्योल छ ।  छोटो लुगा लगाउँदा मात्रै युवतीहरुको सौन्दर्य झल्किने हो ? वा छोटो लुगा लगाउँदा चाहिँ आधुनिक भइने र अन्य लुगा लगाउँदा चाहिँ पुरातन ?

पुरा पढ्नुहोस्
Loading...