२०७४ फाल्गुन ९, बुधबार , नेपाली समय : १०:३६ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

राजनीति

काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते, कार्यसम्पादन बैठक स्थगित

नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

नेपाली कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् । पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन् ।

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा पूर्व मन्त्री अग्नि खरेल

सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको छ । सरकारको मुख्य कानुनी सल्लाहकारमा मंगलबार सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो । 

पुरा पढ्नुहोस्

विप्लवको बन्दका क्रममा बीसभन्दा बढी पक्राउ, ठाउँठाउँमा बम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंगलबारका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पुरा पढ्नुहोस्

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : एमाले सचिव ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए ।

पुरा पढ्नुहोस्

देउवा सरकारको निर्णय उल्टाउँदै राष्ट्रियसभामा तीन सदस्य सिफारिस

देउवा सरकारको निर्णय उल्टाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा तीन जना सदस्यको नाम सिफारिस गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले पुरानो निर्णय उल्टाउँदैआफ्नो पक्षका सदस्यहरु सिफारिस गरेको हो । आज ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यहरूमा रामनारायाण विडारी, डा. युवराज खतिवडा र विमला पौडेल राई रहेका छन् । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले औपचारिकता पाउने छन् । 

पुरा पढ्नुहोस्

विप्लवको बन्दले जनजीवन बिग्रियो 

नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले जनजीवन फाटफुट प्रभावित भएको छ । विद्यालयहरु बन्द भएका छन् भने पसल तथा पर्यटन क्षेत्रमा पनि असर पुगेको छ । 

पुरा पढ्नुहोस्

एमाले–माओवादी एकता सहमतिका सात बुँदामा के छ ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रियामा सोमबार मध्यरातमा समझदारी जुटेको हो । यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौ पटक दुबै दलबीच विभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो ।

पुरा पढ्नुहोस्

काँग्रेसका तीन जना कार्यकर्ता कार्वाहीमा 

नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । 

पुरा पढ्नुहोस्
Loading...