२०७४ मंगसिर २६, मंगलबार , नेपाली समय : ०३:५४ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

मुख्य समाचार

मंसिर १३ गते बस दुर्घटनामा परी बेपत्ता तीन जनाको शव फेला पर्यो

यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् ।

पुरा पढ्नुहोस्

प्रचण्डले चितवनमा देखाए अर्को राम्रो राजनीतिक संस्कार !

वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले) का कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का रामलाल महतो पनि सहभागी हुनुभएको छ ।

पुरा पढ्नुहोस्

कञ्चनपुर ३ बाट रमेश लेखक जम्मा २५८ मतले पराजित

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत जिल्लामा यही मंसिर २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । कञ्चनपुर प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक पराजित भएका छन् ।

पुरा पढ्नुहोस्

हालसम्म प्रतिनिधि सभाका १५७ र प्रदेशसभाका ३१८ सिटको नतिजा सार्वजनिक

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र) ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

पुरा पढ्नुहोस्

तत्काल पार्टी पराजयबारे छलफल गर्नुपर्छ : मन्त्री प्रधान

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे  तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता प्रधानले प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

कामचलाउ सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै एमालेको विरोध

नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै विरोध गरेको छ । एमाले महासचिव ईश्वार पोखरेलले आज विज्ञप्ति जारी गरी सरकारले आज गोरखापत्र संस्थान

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट विजयी

चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको छ ।

पुरा पढ्नुहोस्

स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको  पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।

पुरा पढ्नुहोस्

यी हुन् कांग्रेसका प्रत्यक्षतर्फ विजयी उम्मेदवार !

संविधानसभाको दोस्रो निर्वाचन २०७० मा सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेस ४ वर्षपछि तेस्रो पार्टी बनेको छ । यही मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्षतर्फको मत परिणामबाट कांग्रेस तेस्रो पार्टी बनेको हो । समानुपातिक तर्फको मत परिणाम भने आउन बाँकी छ ।

पुरा पढ्नुहोस्
Loading...