२०७४ फाल्गुन ९, बुधबार , नेपाली समय : १०:२६ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

अर्थ-बजार

सात महिनामा ४३ अर्बको इन्धन आयात

चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

पुरा पढ्नुहोस्

कोलकातामा नेपाल भवन बनाउन आह्वान

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहेका छन् ।  

पुरा पढ्नुहोस्

घुस लिएको अभियोगमा भूमि सुधारका अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित

पुरा पढ्नुहोस्

नयाँ सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ ।

पुरा पढ्नुहोस्

याड्लेको डिजिटल क्याम्पियन सम्पन्न

विश्व प्रसिद्ध पर्फयुम कम्पनी याड्ले लण्डनले नेपालमा आफ्नो व्यापार प्रवद्र्धनकालागि डिजिटल क्याम्पियन सुरु गरेको छ । नेपाली उपभोक्ताहरुको मन जित्दै आएको याड्लेले फेब्रुअरी महिना सुरु भएसँगै 'क्रिएटिङ मेमोरिज' नामक क्याम्पियन सञ्चालन गरेको हो । सो क्याम्पियनको मुख्य दिन फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेको अवसर पारेर एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

पुरा पढ्नुहोस्

लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

काठमाडौंदेखि विराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली आयोजना गरिने भएको छ । भोलि फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने छ । काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै विराटनगर पुग्ने छ ।

पुरा पढ्नुहोस्

बर्दियामा कृषि, पर्यटन तथा व्यापार महोत्सव

बर्दिया उद्योग वाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा कृषि, पर्यटन, व्यापार महोत्सव २०७४ सुरु भएको छ । 'कृषि, पर्यटन, उद्योग र व्यापार, राजापुर क्षेत्रको विकासको मूल आधार' भन्ने नारा सहित मंगलबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वपशुपन्छी विकास मन्त्री सन्तकुमार थारुले एक समारोहकाबीच उद्घाटन गरे ।

पुरा पढ्नुहोस्

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

पुरा पढ्नुहोस्

नक्कली नेरु र भारुसहित दुई नेपाली पक्राउ

नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर

पुरा पढ्नुहोस्

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिए ।

पुरा पढ्नुहोस्
Loading...