२०७४ कार्तिक २, बिहिबार , नेपाली समय : ०५:२९ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

सिनेमा

उल्टो साइकल यात्रीको कथामा चलचित्र बन्ने, श्रीराम दाहाल गर्दैछन् निर्देशन

उल्टो साइकल चलाएर शान्तिको सन्देश दिँदै विश्व यात्रामा निस्किएका विरेश दाहालको कथामा अब चलचित्र बन्ने भएको छ । दाहालको बायोपिक फिल्म 'उल्टो साइकल' को आज राजधानीमा एक समारोहकाबीच घोषणा गरिएको हो । चलचित्रको नाम सार्वजनिक गरिए पनि कुनै कलाकारको नाम घोषणा गरिएको छैन ।

पुरा पढ्नुहोस्

कलाकारहरुले भेटे उपप्रधानमन्त्रीलाई

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराएका छन् । उपप्रधानमन्त्रीको कार्यकक्षमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उनले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

पुरा पढ्नुहोस्

'दीपक–दीपालाई चिठी' को उत्तर यसरी दिए दिपकराजले...

हिजो सेतोपाटीमा छापिएको थियो 'दीपक–दीपालाई चिठी' शीर्षकको एक पत्र । जसलाई लेखेकी थिइन् दुर्गा कार्कीले । उनले चिठीमा महिलाहरुलाई छक्का पञ्जा २ चलचित्रले अपमान गरेको, हेपेको, महिला शशक्तिकरण देखाउन नसकेको र महिला सधैँ हास्यको पात्र मात्रै हुन्, उनीहरुलाई सधैँ पछिमारेर मात्रै चलचित्र सफल बन्न सक्छ भन्ने धारणालाई चलचित्रले संस्थागत गरेको जस्ता आरोप लगाएकी थिइन् । उनको सो चिठी पढेर दीपकराज गिरीले त्यसको उत्तर दिएका छन् ।

पुरा पढ्नुहोस्

बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने ‘अग्निदहन’

बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए । मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । उपाध्याय सो प्रतिष्ठानको अध्यक्ष पनि हुन् ।

पुरा पढ्नुहोस्

छक्का पञ्जा २ को गीतलाई 'डिसलाईक'

अहिलेको बहुप्रतिक्षित चलचित्र हो 'छक्का पञ्जा २' । अघिल्लो फिल्म 'छक्का पञ्जा' को व्यापार र चर्चाले २ हेर्न लालायित छन् नेपाली दर्शक तथा स्रोताहरु । हास्य विधाका जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको फिल्म भनेपछि अपेक्षा गर्ने उनीहरुका फ्यानहरुको लर्को पनि ठूलै छ ।

पुरा पढ्नुहोस्

राजनराजको अर्को उत्कृष्ट गीत 'चिरविर चिरविर चाँचरी...' रेखा र आर्यनको 'रुद्रप्रिया' मा (भिडियोसहित)

पछिल्लो समय एकपछि अर्को हिट गीत पस्किदै आएका गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत हालै सार्वजनिक भएको छ । रेखा ब्यानरमा बन्दै गरेको फिल्म 'रुद्रप्रिया' मा समावेश 'चिरविर चिरविर चाँचरी...' बोलको गीत राजनराजको शब्द संगीत र गायनमा तयार भएको छ । यसअघि चलचित्र '२ रुपैयाँ' को कुटुमा कुटु...' सेलाउन नपाउँदै राजनराजको अर्को उस्तै उत्कृष्ट गीत बाहिर आएको हो । 

पुरा पढ्नुहोस्

यस्तो छ 'दुई रुपैयाँ' को ट्रेलर (भिडियोसहित)

चलचित्र 'दुई रुपैयाँ' को पहिलो ट्रेलर आज सार्वजनिक भएको छ । यसअघि 'कुटुमा कुटु सुपारी दाना...' बोलको गीत हिट भइसकेको यो फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो । अशिम शाहले निर्देशन गरेको यो फिल्ममा दुई रुपैयाँको इश्यु देखाएर एक्सन, लभ र रोमान्स प्रदर्शन गरिएको ट्रेलरले बताउँछ । 

पुरा पढ्नुहोस्

ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु

ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ । उनी आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।

पुरा पढ्नुहोस्

चलचित्र 'प्रेमगीत–२' पाइरेसीको चपेटामा परेपछि सरोकारवालाहरु चिन्तित

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र पाईरेसी हुनबाट जोगिनको लागि उत्पादक, वितरक, निर्माता र निर्देशक सबै सचेत हुनेपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष अधिकारीले कलाकारले सुरुमा आफ्नो घर बलियो बनाउनको लागि सबै प्रकारका सचेतना अपनाउनु पर्ने बताएका हुन् ।

पुरा पढ्नुहोस्

चलचित्र 'सायद–२' लाई पीजी सर्टिफिकेट (ट्रेलरसहित)

चलचित्र सायद–२ ले पीजी सर्टिफिकेट पाएको छ । सुनिल रावल निर्मत यो चलचित्रले सेन्सर बोर्डबाट पिजी अर्थात् प्यारेन्ट्स गाइड (बच्चाले अभिभावकको साथमा मात्रै हेर्न पाउने) प्रमाणपत्र पाएको हो । रावलले निर्माण गरेका अघिल्ला ३ चलचित्र सायद, होस्टेल र होस्टेल रिटर्नले पनि पीजी सर्टिफिकेट नै पाएको थिए ।

पुरा पढ्नुहोस्
Loading...