२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : १२:२५ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

पर्यटन

स्रष्टा पदयात्राको १३औँ श्रृङ्खलाः सुन्दरीजलदेखि चिसापानीसम्म

स्रष्टा पदयात्राको १३औँ श्रृङ्खला गत शुक्रबार सम्पन्न भएको छ । १३ जना स्रष्टाहरुको सहभागिता रहेको सो पदयात्रा काठमाडौँको सुन्दरीजलबाट सुरु भएर मुलखर्क–ठूलोधाप हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमानामा रहेको चिसापानीमा पुगेर समापन भएको हो । शुक्रबार बिहान ९ः३० बजे सुन्दरीजलबाट हिडेको टोली करिब ७ घण्टाको पैदल यात्रामा चिसापानी पुगेको थियो ।

पुरा पढ्नुहोस्

विश्व होटल स्कुल सम्मेलन नेपालमा 

विश्वभरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्ट सम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा इन्टरनेशनल) मा पहिलोपटक नेपाल निर्वाचित भएको छ ।

पुरा पढ्नुहोस्

‘मिस टुरिज्म’ को ताज आरतीलाई

यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । यहाँ शुक्रबारसम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् ।

पुरा पढ्नुहोस्

अन्नपूर्ण क्षेत्रमा पर्यटकलाई गिज्याउँदै बाटाहरू

ठाउँठाउँमा भत्के बिग्रेका बाटा, खोलामा धरापपूर्ण पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा ।  सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगको अन्नपूर्ण प्रथमको आरोहणसँगै चासो र चर्चा बनेको अन्नपूर्ण क्षेत्रमा पदयात्राकै शुरुवातको समय हेर्ने हो भने पनि ५१ वर्ष नाघिसकेको छ ।

पुरा पढ्नुहोस्

टानको अध्यक्षमा नवराज दाहाल निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् ।

पुरा पढ्नुहोस्

पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो ।

पुरा पढ्नुहोस्

दशैँ तिहार बिदामा नेपालको ताजमहल मानिने 'रानीमहल' मा पर्यटकको चहलपहल बढ्यो

पाल्पा गौँडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी पाँच वर्षमा निर्माण कार्य पूरा भएको थियो । विसं १९५४ मा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका रुपमा परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य रहेकाले पर्यटकको ओइरो लाग्ने गर्दछ ।

पुरा पढ्नुहोस्

[नियात्रा] कल्पित स्वर्ग भन्दा पनि सुन्दर 'मणिचुड' – पोष चापागाईं

​विपरित लिङ्गीले भन्दा रुचीले तान्छ मान्छेलाई । लिङ्गको समय हुन्छ । रुचीको समय हुन्न । रुची सातत्य गमन हो । उध्र्व रेखाकार ज्योति । यथावत् रुची रहुन्जेल यथावत् भइरहन्छ मित्रता । रुची भिन्न हुनासाथ भिन्न हुन्छ मान्छे । एकै रुची भएका हामी पदयात्रा गर्न ठीक परेका छौं । चिया खाँदै मैले चिया दोकानमा बस्ने अलि सुकिलो लुगा धडेका महापुरुषलाई सोधें – 'दाइ साँखु को अर्थ के हो ?'

पुरा पढ्नुहोस्

चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

पुरा पढ्नुहोस्

हवाई टिकटमा व्यापक अनियमितता

कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् ।

पुरा पढ्नुहोस्
Loading...