मिति:२०७४ श्रावण १३, शुक्रबार , नेपाली समय : ०२:२३ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

आजका पत्रपत्रिका

एक लाखभन्दा बढी रकम खातामा राख्दा परिचय–पत्र अनिवार्य, किन ?

बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ । जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान व्यवस्थाले ग्राहकलाई अप्ठ्यारो पारेपछि त्यसलाई परिमार्जन गरी एक लाख रुपैयाँभन्दा बढीको सीमा तोक्न लागिएको हो । राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था’ भन्दै यही साउन १ देखि ग्राहकको खातामा निक्षेप गर्ने व्यक्तिको परिचय खुलाउने

पुरा पढ्नुहोस्

भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही, दुई एजेन्सी परे घानमा

भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौं असुल गरी संयुक्त अरब इमिरेट्स यूएईमा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो । यी ट्राभल एजेन्सीले पठाएका मध्ये १९ जना यूएईमा अलपत्र परेका थिए ।

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद असमावेशी, पत्नी आरजुको ज्ञापनपत्रले पति देउवालाई कुनै असर परेन

३३ प्रतिशत महिला सहभागिताको माग गर्दै प्रधानमन्त्री पत्नी एवं कांग्रेस सांसद डा आरजु राणा देउवाले ज्ञापनपत्र बुझाए पनि पति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा तीन जना महिलाले मात्र स्थान पाएका छन् । राणाकै संयोजकत्वमा केही दिनअघि संसदमा महिला सांसदको समूह (ककस) गठन भए पनि मन्त्रिपरिषदमा महिलालाई अत्यन्त न्यून सहभागिता गराइएको भन्दै कांग्रेस सांसदले नै असन्तुष्टि जनाएका छन्।

पुरा पढ्नुहोस्

स्कुले शिक्षा किताब पढ्नेमात्र हैन, सामाजिक पनि हुनुपर्छ, यी विद्यार्थीले गरिन् उदाहरणीय काम

स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् । पानी परिरहेको थियो । सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरीको ढलले हिँड्न सक्ने थिएन । पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन् । उनीसँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् ।

पुरा पढ्नुहोस्

नेपालमा कति जिल्ला ? ७७ कि ७५ ? आयोग नै अन्योलमा

सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा द्विविधामा परेको छ । क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको हो । संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरूले प्रस्ट जवाफ दिन सकेका छैनन् ।

पुरा पढ्नुहोस्

ओहो ! एक चौथाइ जनता गरिब भएको मुलुकमा मोबाइलमा दैनिक १८ करोड खर्च

झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्व ३८ करोड रुपैंयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौं करोडभन्दा बढी हो ।

पुरा पढ्नुहोस्

सशस्त्र पनि नेपाल प्रहरीकै बाटोमा, दरबन्दी थप्ने गृहकार्य, पालो एआईजीको

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा एआईजी दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीमा एआईजीलाई प्रदेश प्रमुखका रूपमा खटाउन लागिएसँगै सशस्त्र प्रहरीमा पनि दरबन्दी थप गर्ने तयारी भएको हो । गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एआईजीको संख्या बढाउन सकारात्मक संकेत दिएपछि सशस्त्र प्रहरी मुख्यालयले त्यसको प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाएको छ ।

पुरा पढ्नुहोस्

गणतन्त्र नेपालमा तानाशाही शैली, राष्ट्रपति कार्यालय प्रेसप्रति अनुदार

राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ‘ड्रेस कोड’ को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आबद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् । शीतल निवासले एक वर्षदेखि नै मन्त्रीहरूको शपथलगायत कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन र तस्बिर लिन निजी सञ्चार माध्यमलाई रोक्दै आएको छ ।

पुरा पढ्नुहोस्

कुलमान घिसिङ निराश, लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध

आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् ।

पुरा पढ्नुहोस्

देखाइदिए कर्मचारीले प्रधानमन्त्री देउवालाई आफ्नो शक्ति, लाइन लागेर विदेश भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै सरकारी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर, विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन, केही कर्मचारी विदेश भ्रमणमा छन् ।

पुरा पढ्नुहोस्
Loading...