मिति:२०७४ आश्विन १०, मंगलबार , नेपाली समय : ११:०५ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

आजको-नेपाल

ओभर लोडको असर, जिप दुर्घटनामा १२ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ

पुरा पढ्नुहोस्

प्रदेश प्रमुखलाई के के छन् सुविधा ?

सरकारले प्रदेश प्रमुखहरूलाई सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखले मासिक ६४ हजार पारिश्रमिक, ४०

पुरा पढ्नुहोस्

दशैंको मौकामा २१ कैदीलाई माफी

सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई सोमबारै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

पुरा पढ्नुहोस्

चौध दिनदेखि महिला बेपत्ता

चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेकी छैनिन् । गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनिन् ।

पुरा पढ्नुहोस्

चाँदीका गहनासहित भारतीय पक्राउ

साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् । भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पुरा पढ्नुहोस्

जब महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा निर्घात कुटिइन्

पर्सामा ५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै मानसिक यातना दिईएको छ ।

पुरा पढ्नुहोस्

गाउँ नै शोकमग्न

चार वटा बाकसमा शव । शोकाकुल गाउँबासीको उल्लेख्य उपस्थिति । सबैको एउटै आवाज थियो– 'गाउँको रानो सधैँका लागि अस्ताए ।' आगलागीमा परेर गत बुधबार बिहान मारिएका चन्द्रबहादुर राई, उनकी आमा, श्रीमती र बहिनीको शव आइतबार गाउँ आइपुग्दा पुरै गाउँबासी स्तब्ध भए ।

पुरा पढ्नुहोस्

मुख्यसचिब बन्न लिगलिगे दौड सुरु, दौडमा तीन सचिव

सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

पुरा पढ्नुहोस्

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए ।

पुरा पढ्नुहोस्

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक अर्याल चीन प्रस्थान

प्रहरी महानिरीक्षक प्रकाश अर्याल चीनको बेइजिङमा यही असोज १० देखि १३ गतेसम्म सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८६औं महासभामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

पुरा पढ्नुहोस्
Loading...