मिति:२०७४ श्रावण १३, शुक्रबार , नेपाली समय : ०२:१९ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

आजको म्यूजिक

तीन दशकपछि 'एकल साँझ' मा गायक बसन्त थकाली

‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र १’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्यौली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डोहोर्यायो । त्यसैको प्रभावले उनी गीत गायनमा एकोहोरिए ।

पुरा पढ्नुहोस्

दिपेशको मनचोरी लाने को हो ? (भिडियोसहित)

गायक दिपेश सुनुवारले हालै एक गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले 'मन चोरी लाने...' बोलको गीतको म्यूजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरेका छन् । कुवेतका भिभिन्न रमाइला स्थानहरुमा खिचिएका दृश्यले म्यूजिक भिडियो निक्कै राम्रो बनेको छ ।

पुरा पढ्नुहोस्

जनकको 'काफल खान्या कुइयाँ' (भिडियोसहित)

सुदुरपश्चिमका प्रतिभावान दाजुभाइ महेश र जनक ताम्राकारको नयाँ गीत 'काफल खान्या कुइयाँ...' हालै सार्वजनिक भएको छ । यो गीत आल्मोड़ा राना उप्रेतीसँगको सहकार्यमा सार्वजनिक भएको हो  । यस गीतमा गायक जनक ताम्राकारको स्वर रहेको छ । ताम्राकार दाजुभाइले सुदुर पश्चिमका पाखा पखेरामा गाइने भाकालार्इ पछिल्लो समयमा नयाँ रुप दिदै आएका छन् ।

पुरा पढ्नुहोस्

दुवै खुट्टा गुमाएका गायक खड्ग गर्बुजा पुरस्कृत

लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पुर्याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ ।

पुरा पढ्नुहोस्

'ग्याङनाम स्टाइल' भन्दा विज खलिफाको 'सि यु अगेन' युट्युवमा हिट (भिडियोसहित)

अहिलेसम्म युट्युवमा सर्वाधिक हेरिएको गीतको रेकर्ड बनाएको थियो कोरियन गायक साइको गीत 'ग्याङनाम स्टाइल' ले । तर यो रेकर्डलाई ब्रेक गर्दै अर्का र्यापर आएका छन् । अमेरिकन र्यापर विज खलिफाले गाएको 'सी यु अगेन' बोलको गीतले सो रेकर्ड ब्रेक गर्दै युट्युवमा सर्वाधिक हेरिएको गीत बनेको हो । 

पुरा पढ्नुहोस्

नवल राईको एल्बम 'आश' विमोचन

गायक नवल राईको साङ्गीतिक एल्बम 'आश' एक समारोहकाबीच विमोचन भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि तथा संगीतकार भूपेन्द्र रायमाझी र अतिथि तथा संगीतकार शान्तिराम राईले संयुक्त रुपमा विमोचन गरेका हुन् । कार्यक्रममा संवोधन गर्दै संगीतकार भूपेन्द्र रायमाझीले गायक राईलाई बधाई तथा शुभकामना दिए । उनले गायक राईको प्रतिभाको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

पुरा पढ्नुहोस्

झम्मक झम्मक पार्यो जवानीले (भिडियोसहित)

हृदय दाहालले भरखरै एक गीत सार्वजनिक गरेका छन्, झम्मक झम्मक पार्यो जवानीले, मस्किने तिम्रो त्यो बानीले...' बोलको । निक्कै नै रमाइलो यो गीतको शब्द र संगीत तयार पारेका हुन् राजेन्द्र बजगाईले । गणेश चौधरीको म्यूजिक एरेन्ज रहेको यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । अहिलेकी चर्चित र हट मोडल माला लिम्बूले फिचरिङ गरेको यो म्यूजिक भिडियोमा भिमफेदी गाइजले साथ दिएको छ ।

पुरा पढ्नुहोस्

रातीको १२ बजे पनि मालाको निम्तो स्वीकार्न पुगे सौगात ! (भिडियोसहित)

मध्यरातमा कसैले बोलायो भने के गर्ने ? त्यसमाथि पनि बोलाउने आफ्नै मायालु परिन् भने ! अवश्य नै नकार्न मिल्दैन होला । मायालुले बोलाएको ठाउँमा टुप्लुक्क पुगि हालिन्छ, राती होस् वा दिउँसो । यस्तै भएको छ मोडल सौगात देवकोटालाई, हट एण्ड व्युटी मोडल माला लिम्बूले रातीको १२ बजे फोन गरेर बोलाएपछि दायाँ बाँया नसोची टुप्लुक्क पुगे ठेगानामा । अनि के भयो त्यो चाहिँ तलको भिडियोमा हेर्नु होला । गायक शिवप्रसाद देवकोटाको 'रातीको १२ बजे...' बोलको निक्कै नै रमाइलो गीतको परिदृश्य हो यो । देवकोटाले भरखरै सार्वजनिक

पुरा पढ्नुहोस्

सञ्चारकर्मी जनकको 'जुनकिरी' सार्वजनिक (भिडियोसहित)

सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महेश ताम्राकारको शब्द, संगीत रहेको 'जुनकिरी' मा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय छ । डोटेली भाषाको फ्लेबर पाउन सकिने यस गीतको म्यूजिक भिडियोमा महेश सनमको घर पुगेको बेला

पुरा पढ्नुहोस्

देउडा गायक बासुदेव रेग्मीको 'म हुँ नेपाली...' सार्वजनिक (भिडियोसहित)

देउडा गायक बासुदेव रेग्मीको राष्ट्रिय भावको 'म हुँ नेपाली...' बोलको गीत हालै सार्वजनिक गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै रेग्मीले आफ्नो पहिलो स्वदेश गान सार्वजनिक गरेका हुन् ।

पुरा पढ्नुहोस्
Loading...