२०७४ फाल्गुन ९, बुधबार , नेपाली समय : ११:०२ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

विचार

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई खुलापत्र

सर्वप्रथम प्रदेश नम्बर एकको पहिलो मुख्यमन्त्री पदमा निर्वाचित हुनु भएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि मंगलमय शुभकामना । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम तपाईंं यत्तिबेला मुख्यमन्त्रीको अत्यन्त उच्च र गरिमामय पदमा विराजमान हुनुभएको छ । यो पूर्वाञ्चलबासीहरुको लागि खुसी र गौरवको क्षण हो भने तपाईंंका सहयोगी

पुरा पढ्नुहोस्

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन – प्रा. स्व. जयराज पन्त

पुँजीवादी र साम्यवादी एउटै कित्तामा उभिएर राज्यसञ्चालनमा सहभागी भएका घटनादेखि राजसंस्था र साम्यवादीले मिलेर राज्य गरेका घटना राजनीतिमा देखिएका छन् । एकअर्काका ज्यानका दुश्मन पनि राजनीतिमा घनिष्ट मित्र बनेका देखिन्छन् । नेपाली काङ्ग्रेस र राजसंस्था हाम्रो घोषित पहिलो शत्रु हो भन्ने कुनै समयका माओवादीले केही समयकै अन्तरालमा राजा वीरेन्द्रसित हाम्रो कार्यगत एकता थियो भनी सार्वजनिक गरेको वक्तव्यको मसी अभैm राम्ररी सुकेको छैन ।

पुरा पढ्नुहोस्

नेपालका मुस्लिम समूदायमा प्रचलित लोकगीत – इद्रिस सायल

धर्मविस्तार, राज्य विस्तार र व्यापार विस्तारको क्रममा कुनै जमानामा अरबबाट छिमेकी मित्र राष्ट्र भारतको बाटो हुँदै नेपालमा आइपुगेका मुस्लिमहरूको मातृभाषा उर्दु रहेको छ र यसको जन्म र विकास फारसी भाषाबाट भएको पाइन्छ । अतः यो उर्दु भाषामा फारसी र अरबी भाषाका शब्दहरूको बाहुल्य रहेको पाइन्छ । नेपालमा झन्डै १५ लाखको हाराहारीमा रहेका यी मुस्लिम उर्दु भाषीहरू आफ्नो लोकभाषा, लोकसाहित्य, लोकसंस्कृति र लोककलालाई आज पनि उही रूपमा आत्मसात गरेर बसेको

पुरा पढ्नुहोस्

इतिहासमा झुटा कुरा पनि लेखिन्छन् : प्रा. स्व. जयराज पन्त

युद्धको परिवेशमा जनताको जीवनव्यवस्था स्वाभाविक हुन सक्दैन भन्ने कुरा जसले पनि बुझेको हुन्छ । त्यस परिस्थितिको फाइदा उठाई अङ्ग्रेजहरूले नेपाली सेनाले गाउँका मुखियाहरूलाई बोलाएर तेह्र सय जनालाई एकै चिहान बनाए, त्यस दिनदेखि 'मङ्गलवार भेट नगर्नू शनिवार नछुट्टिनू' भन्ने चलन चलेको हो किनभने घरबाट शनिवार हिँडेर ती मुखियाहरू मङ्गलवारका दिन सम्बद्ध शासकसामु उपस्थित भएका थिए

पुरा पढ्नुहोस्

नेपालका मुस्लिमहरुले बोल्ने 'उर्दु भाषा' – इद्रिस सायल

धर्म विस्तार, राज्य विस्तार र व्यापार विस्तारकै क्रममा कुनै जमानामा अरबबाट नेपालमा आइपुगेका मुस्लिमहरूले आफ्नो भाषा, संस्कृति र कला पनि सँगै ल्याइपुर्याएको पाइन्छ । तिनै मुस्लिमहरूलाई यहाँ मुसलमान जाति तथा इस्लाम धर्मावलम्बी भनेर पनि चिन्ने गरेको पाइन्छ । तकियादारी प्रथाको सुरूआत गरी धार्मिक, सांस्कृतिक र शैक्षिक व्यवस्थापन गर्दै आएका यहाँका मुस्लिमहरूको मातृभाषा उर्दु रहेको छ ।

पुरा पढ्नुहोस्

श्रीपञ्चमी/वसन्तपञ्चमी अर्थात् सरस्वतीपूजाको महत्व

ऋतु क्रमको नयाँ वर्ष मानिने वसन्तागमनको पर्व श्रीपञ्चमी अर्थात् माघ शुक्ल पञ्चमीका दिनलाई नेपाली समाजमा महत्त्वका साथ मनाइन्छ । यस दिन हनुमानढोकामा वसन्त गाउने चलन छ । यसलाई श्रीपञ्चमीको गीत पनि भनिन्छ । शास्त्रीय वसन्त रागको प्रभावबाट वा वसन्तपञ्चमीको पर्वोत्सवको परम्पराबाट यस गीतको थालनी भएको मानिन्छ ।

पुरा पढ्नुहोस्

मकर सङ्क्रान्तिको धार्मिक र सांस्कृतिक महत्त्व

आज नेपालमा जताततै मकर सङ्क्रान्तिको चहलपहल छाएको छ । माघ सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिन्छ । प्रत्येक महिनाको नाम नक्षत्रको नामबाट राखिएको कुरा सबैलाई थाहा छ । मघा नक्षत्रबाट राखिएको माघ महिना राशिको क्रमअनुसार दशौं अनुक्रमको राशि मकरमा पर्ने हुनाले यस महिनाको सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिएको हो । आजको दिनदेखि सूर्य उत्तरतिरको अयनमा विचरण गर्ने हुनाले त्यस अयनलाई उत्तरायण भनिन्छ । आजबाट दिन बढ्दै जाने रात घट्दै जाने र बिस्तारै चिसो हट्दै र तातो चढ्दै जाने पनि हुन्छ ।

पुरा पढ्नुहोस्

[सन्दर्भ पृथ्वी जयन्ती] 'पुर्खा बिनाको सन्तान वा नेपाल बिनाको नेपाली'

एउटा मात्र होइन अनेकौं कारणबाट वर्तमानको गति र प्रगतिको आधार अतीत हो । यिनै कारणले प्राचीन ऋषि महर्षिका कथा, इतिहास पुरुषका गौरव गाथा र आजको ज्ञान विज्ञानका कुरा समान दृष्टिले महत्त्वपूर्ण र उपयोगी हुन्छन् भनिएको हो । 'राजनीति बिग्रियो भने इतिहास हराउँछ र सन्तान बिग्रियो भने कुल बिलाउँछ' भन्ने उखानले पनि यही कुरा जनाउँछ ।

पुरा पढ्नुहोस्

पत्रकार अर्थात् रोटी बिनाको खेतालो !

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको बिल्ला भिरेको पहरेदार, समाज बदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै बिकाइमा धेरै मेहेनत लगाएर आफ्नै सञ्चारमाध्यमलार्इ चित्त बुझाउन नसकेर थाकेको, ससुरालीमा 'ज्वाइ त पत्रकार पो त' को नाम कमाएको, बेलुका कोठामा पुग्दा श्रीमतीले

पुरा पढ्नुहोस्

[नियात्रा] घलेगाउँको सिं थेवा – पोष चापागाई

उकालामा बाटो छ धुले । बाटोमा हामी हिड्दैछौं गाडीमा बसेर । सीट टन्न छ । गाडीको झ्याल बन्द गरेपनि जिउभरी ह्वार्रै धुलो पस्छ । हामी बीचमा छौं । पछाडि बैंस भरिएका । पानी भरिएका तरुनी तन्नेरी बसेका छन् । उनीहरु खितिती हाँस्छन् । गलल हाँस्छन् । गीत गाउँछन् । बुढेसकाल मक्किएको पात्लेको रुख हो । ढल्न के बेर । मलाई तरुनी,

पुरा पढ्नुहोस्
Loading...