२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : १२:३० am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

खेलकुद

महिला विश्वकप टि–२० छनोट क्रिकेटमा नेपाल युएईसँग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

पुरा पढ्नुहोस्

तेस्रो नेपालगन्ज म्याराथनको उपाधि बुढालाई 

जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागीय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागीय टोलीका खेलाडीले हात पारे ।

पुरा पढ्नुहोस्

एसीसी यु–१९ एसिया कप क्रिकेटः नेपाल अफगानिस्तानसँग पराजित

मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०।३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

पुरा पढ्नुहोस्

यी हुन् चुनावमा उम्मेदवारी दिएका खेलकुदकर्मीहरु 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिएका छन् ।

पुरा पढ्नुहोस्

एशिया कप क्रिकेट : सेमिफाइनलमा नेपालले अफगानिस्तानको सामना गर्ने

एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।

पुरा पढ्नुहोस्

राष्ट्रिय खेलाडी अनिल गुरुङबाट सन्न्यास

फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले मंगलबार अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन् ।

पुरा पढ्नुहोस्

एएफसी फुटबलः नेपाल र फिलिपिन्सको खेल बराबरी

एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल संघ कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

पुरा पढ्नुहोस्

एसिसी यु–१९ युथ एसिया कप क्रिकेट, नेपाल समूह उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरा पढ्नुहोस्

नेपालको शानदार जीत, घरेलु टिम मलेसिया ८ विकेटले पराजित

एसीसी यु–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको खेलमा नेपालले १५.३ ओभरमा सीमित गरेपछि नेपालले शानदार जीत निकालेको हो । नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दे मलेसियाको ५ विकेट लिएका थिए ।

पुरा पढ्नुहोस्

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताः नेपालले पहिलो पटक भारतलाई हरायो 

मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।

पुरा पढ्नुहोस्
Loading...