मिति:२०७४ आश्विन १०, मंगलबार , नेपाली समय : ०८:०८ pm | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

राजनीति

राप्रपाबाट अघाएपछि कोमल ओली एमालेमा

केही महिनाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित लोक गायिका कोमल ओली सोमबार एमाले प्रवेश गरेकी छिन् । राप्रपा बिभाजन हुँदा उनी कमल थापाले नेतृत्व गरेको राप्रपामै थिइन् ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो ।

पुरा पढ्नुहोस्

चौध दिनदेखि महिला बेपत्ता

चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेकी छैनिन् । गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनिन् ।

पुरा पढ्नुहोस्

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।

पुरा पढ्नुहोस्

झुक्याएर सुविधा लिने सांसदको दाउ असफल

आफ्नो कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको छ ।

पुरा पढ्नुहोस्

१२९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, सातको आउन बाँकी

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

पुरा पढ्नुहोस्

बल्ल हटाइए साझा प्रकाशनका महाप्रबन्धक शर्मा

शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको

पुरा पढ्नुहोस्

प्रदेश नं २ निर्वाचनः १३६ मध्ये १२१ तहको परिणाम सार्वजनिक

प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा मतपरिणाम आउने क्रम जारी रहेको छ । १३६ तहमध्ये अहिलेसम्म १२१ तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस शीर्ष स्थानमा रहेको छ । काँग्रेस ३६, संघीय समाजवादी फोरम २२, राजपा २१, माओवादी केन्द्र २०, एमाले १६, नेपाल लोकतान्त्रिक दल ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टीले १ तह जितेको छ ।

पुरा पढ्नुहोस्

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए ।

पुरा पढ्नुहोस्

भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाने एमालेलाई सुझाव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी गराए ।

पुरा पढ्नुहोस्
Loading...