मिति:२०७४ आश्विन १०, मंगलबार , नेपाली समय : ११:०७ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

साहित्य

बल्ल हटाइए साझा प्रकाशनका महाप्रबन्धक शर्मा

शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको

पुरा पढ्नुहोस्

स्रष्टा पदयात्राको ११औँ श्रृङ्खला सम्पन्न

स्रष्टा पदयात्रा हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुने गर्दछ । 'स्वास्थ्य र सिर्जनाकालागि पदयात्रा' भन्ने मुख्य उद्देश्यसहित राजधानीमा बसोबार गरिरहेका स्रष्टाहरुको समूह यसरी पदयात्रामा जाने गर्दछन् । यो पदयात्रामा स्थानीय स्थलहरुको अवलोकन, लेखन, पुस्तक विमोचन, रचना सिर्जना तथा रचना वाचनको कार्य हुने गर्दछ ।

पुरा पढ्नुहोस्

एकल कविता वाचनमा रेखा कवि टंक सम्बाहाङ्फे

रेखा कवि टंक सम्बाहाङ्फेको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामनगरस्थित मण्डला नाटक घरमा उनले पहिलो पटक एकल कविता वाचन गरेका हुन् । यो कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो ।

पुरा पढ्नुहोस्

शमी साहित्य साधना सम्मान शर्मा र पराजुलीलाई 

शमी साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दे आएको 'शमी साहित्य साधना सम्मान' यो वर्ष साहित्यकारहरु गोपीकृष्ण शर्मा र ठाकुर पराजुलीलाई प्रदान गरिएको छ । रामशाहपथ स्थित नेपाल बारको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सो पुरस्कार साहित्यकार द्वयलाई अर्पण गरे । साहित्यकार द्वयलाई सम्मानसहित ५०/५० हजार नगद राशी प्रदान गरिएको हो ।

पुरा पढ्नुहोस्

धुलिखेलमा किराती नाट्य विमर्श

पूर्वी नेपालका किरातहरुको नाट्य परम्परा, लोक नाटक, संस्कार, संस्कृतिजन्य अभिनयहरुको बारेमा आज मध्य नेपालको धुलिखेलमा विचार विमर्श गरिएको छ । सुम्निमा थिएटर एकेडेमीको आयोजना र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको सहआयोजनामा 'किराती नाट्य विमर्श–२०७४' कार्यक्रम सम्पन्न भएको हो ।

पुरा पढ्नुहोस्

सत्यमोहन जोशीलाई रथारोहण, जोशीका नाममा अक्षयकोष स्थापना हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित हुनुभएको बताएकी छिन् ।

पुरा पढ्नुहोस्

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर रथारोहण गरिने

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन मूल समारोह समितिले संस्कृतिविद् जोशीलाई यही भदौ ३० गते काठमाडौँमा रथारोहणसहित अभिनन्दन गर्ने भएको छ ।

पुरा पढ्नुहोस्

डा. राणाको उडान सार्वजनिक

गजल स्रष्टा डा. कृष्णजंग राणाको नविनतम् कृति हिन्दी भाषाको गजल सग्रह ‘उडान’ को शुक्रबार एक समारोहका बीच सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, वरिष्ठ चलचित्र निर्देशक एवम् संस्कृतिविद् चेतन कार्की, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रिवि हिन्दी विभागकी प्रमुख डा. सन्जीता वर्माले संयुक्त रुपमा उक्त गजल संग्रहको विमोचन गरेका थिए ।

पुरा पढ्नुहोस्

‘मह’ का हरिवंशमात्र हैन अब मदनकृष्ण पनि लेखक

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गरे ।

पुरा पढ्नुहोस्

बोक्सी प्रथा ‘दृष्टिभ्रम’को कारक

आख्यानकार, आध्यात्मिक चिन्तक तथा पत्रकार कमल रिजालले बोक्सी प्रथाका नाममा मान्छेले मान्छेको पीडा किन अझै नबुझेको भनी प्रश्न गरेका छन् । आफ्नो नवीनतम उपन्यास ‘दृष्टिभ्रम’ सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रममा उनले मानवमा रहेको दृष्टिभ्रमले नै बोक्सी प्रथा रहेको हो भन्दै यसको उपचारका लागि मानिसले आफ्नो आँखा उघार्नुपर्ने र पीडितले प्रहरी, प्रशासन र न्यायालयमा उपचारका लागि आफूलाई पु¥याउनुपर्ने जवाफ पनि दिए ।

पुरा पढ्नुहोस्
Loading...