२०७४ फाल्गुन ९, बुधबार , नेपाली समय : १०:५१ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

सूचना प्रविधि

बिहानै भूकम्पको झड्का

बुधबार बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

पुरा पढ्नुहोस्

स्कुले विद्यार्थीले बनाए ड्रोन 

तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । विद्यालयको २९औँ वार्षिकोत्सवका अवसरमा ती विद्यार्थीले ड्रोन बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण निर्माण गरी अभ्याससमेत गरेका थिए । 

पुरा पढ्नुहोस्

प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन सरकारको आग्रह

सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले नेपाली जनताको ठूलो राजनीतिक पर्व राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ भव्यरुपमा मनाउनुपर्ने बताएका छन् ।  सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले राष्ट्रिय समाचार समिति (

पुरा पढ्नुहोस्

सामसङ ग्यालेक्सी ट्याब ए ७.० नेपाली बजारमा

मोबाइल कम्पनी सामसङले ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएकोले मनोरञ्जनको लागि उत्कृष्ट बन्ने कम्पनीको दाबी छ । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रीको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ । 

पुरा पढ्नुहोस्

नेपाल टेलिकमले मनायो १४औं वार्षिकोत्सव

नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेको बताए ।

पुरा पढ्नुहोस्

सञ्चार क्लबले ४ जना पत्रकारलाई पुरस्कृत गर्ने

मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालले आफ्नो १४ औं अधिवेशनको अवसरमा ४ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । क्लबले "दाताराम-पद्मादेवी खतिवडा स्मृति पत्रकारिता पुरस्कार" बाट उर्लाबारीका पत्रकार तेजन खड्का र रञ्जना बुढाथोकीलाई पुरस्कृत गर्ने क्लबको बैठकबाट निर्णय भएको अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए ।

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको १४औं वार्षिकोत्सव बागमती सफाइ महाअभियानमा

नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा आज २४७ औँ हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ । कम्पनीको वार्षिकोत्सव माघ २२ गते हो ।

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो राजधानीमा सुरु

प्रदर्शनीमा जापान, ताइवान, भारत चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरण ६० कक्ष मार्फत  विक्री वितरणमा राखिएका छन् । नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ ।

पुरा पढ्नुहोस्

खग्रास चन्द्रग्रहण समाप्त

माघ शुक्ल पूर्णिमाका दिन बुधबार खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

आज खग्रास चन्द्रग्रहण, यस्तो संजोग १५२ वर्षपछि

माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

पुरा पढ्नुहोस्
Loading...