२०७४ फाल्गुन ७, सोमबार , नेपाली समय : ०१:४६ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

स्वास्थ्य

डा. केसी फेरि अनशन बस्ने तयारीमा, त्रिविको उपकूलपति बनाइ माग्नेको बालुवाटारमा लर्को

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डक्टर गोविन्द केसीले फेरि अनशन बस्ने तयारी थालेका छन् । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनकोलागि दबाब दिन भन्दै डा. केसीले फेरि अनशन बस्ने तयारी गरेका हुन् । जाँचबुझ आयोगले केही दिनअघि मात्रै विभिन्न सुझाव सहित ४३ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पुरा पढ्नुहोस्

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो ।

पुरा पढ्नुहोस्

दाताले निःशुल्क दिने रगत पाउनेले पनि निःशुल्क पाउनु पर्छ – गगन थापा

पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे

पुरा पढ्नुहोस्

तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची–तपेश्वरी जेभीलाई रु एक करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो ।

पुरा पढ्नुहोस्

होसियार ! बिरामी जाँच्दै छन् लाइसेन्स परीक्षामा फेल भएकाहरू 

मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढ्दो छ ।

पुरा पढ्नुहोस्

डाक्टरको चरम लापरबाही: बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको चरम

पुरा पढ्नुहोस्

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् ।

पुरा पढ्नुहोस्

हवाई जहाजले अक्सिजनको सिलिन्डर नबोक्दा बिरामीको ज्यान जोखिममा 

जिल्ला अस्पताल हुम्लामा अक्सिजनको सिलिन्डर नहुँदा बिरामीलाई उपचार गर्ने निकै समस्या परेको छ । गम्भिर प्रकृतिका विरामीलाई अक्सिजनको अभाव हुँदा समस्या परेको हो ।

पुरा पढ्नुहोस्

छोराको जन्मदिनमा वडाध्यक्षले दिए चर्पी नै उपहार

झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ ।

पुरा पढ्नुहोस्
Loading...