मिति:२०७४ आश्विन १०, मंगलबार , नेपाली समय : ११:०५ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

मनोरञ्जन

राप्रपाबाट अघाएपछि कोमल ओली एमालेमा

केही महिनाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित लोक गायिका कोमल ओली सोमबार एमाले प्रवेश गरेकी छिन् । राप्रपा बिभाजन हुँदा उनी कमल थापाले नेतृत्व गरेको राप्रपामै थिइन् ।

पुरा पढ्नुहोस्

पूर्वाञ्चल सिङ्गीङ्ग स्टारको पाँचौ संस्करण सुरु

सांगीतिक रियालिटी कार्यक्रम ‘पूर्वाञ्चल सिङ्गीङ्ग स्टार’ को पाँचौ संस्करण सुरु भएको  छ । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने नाराको साथ पूर्वाञ्चल बागिना कला केन्द्र धरान सुनसरीको आयोजनामा रियालिटी कार्यक्रम संचालन भएको हो । शहरदेखि ग्रामिण भेगका युवाहरुमा भएको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्य

पुरा पढ्नुहोस्

नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराईको ठाउँ ठाउँमा भव्य स्वागत

चर्चित रियालिटि सो नेपाल आइडलको फाइनल राउण्डमा पुगेका निशान भट्टराईको गृहनगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ । उनको स्वागतमा उर्लाबारीमा जनसागर नै उर्लिएको थियो । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् ।

पुरा पढ्नुहोस्

नेपाल आइडल : सामाजिक संजालमा निशानको हौवा धेरै, भोटमा बुद्ध लामा

पछिल्लो समय सामाजिक संजालमा तातेको विषय हो ‘नेपाल आइडल’ । एपी वान टेलिभिजनले नेपाल मै चलाइरहेको अन्तर्राष्ट्रिय क्वालिटीको रियालिटी शो नेपाल आइडल केही समर्थन र केही विरोधले अहिले चर्चामा छ । सामाजिक संजाल प्रयोगकर्तादेखि चिया पसलसम्म अहिले नेपाल आइडलको बहस चलिरहेको छ । रियालिटी शोको यो दम पनि हो कि दर्शकलाई प्रत्यक्ष प्रभाव पार्नु ।

पुरा पढ्नुहोस्

सेलेनाको इन्टाग्राम ह्याक गरी जस्टिनसँगको नग्न फोटो पोष्ट

अमेरिकन गायिका सेलेना गोमेजको इन्टाग्राम अकाउन्ट ह्याक भएको छ । हिजो ुक्ष्कबिजु नामक एक ह्याकरले सेलेनाको अकाउन्ट ह्याक गरेको पत्ता लागेको छ । उसले ह्याक गरे लगत्तै सेलेना र उनका पूर्वप्रेमी जस्टिन विवरको नग्न तस्विर पोष्ट गरिदिएको छ । 

पुरा पढ्नुहोस्

प्रियंका कार्कीलाई चरीजस्तै उड्ने रहर (भिडियोसहित)

चर्चित अभिनेत्री प्रियंका कार्कीले चरी जस्तै उड्ने रहर गरेकी छिन् । 'चरी जस्तै उड्न पाए...' बोलको गीतमा प्रियंकाको राम्रो नृत्य हेर्न पाइन्छ । मञ्जुला राजकर्णीकारको शब्द रहेको यो गीतमा मेलिना राईको स्वर छ । अहिलेका चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

पुरा पढ्नुहोस्

पहिलो मिस नेपाल रुवी राणाको फेसबुकमा यस्तो हट एण्ड सेक्सी भिडियो (भिडियोसहित)

पहिलो मिस नेपाल रुवी राणाले आज फेसबुकमा एउटा भिडियो अपलोड गरेकी छिन् । आफ्नो श्रीमानको जन्मदिन विस गर्दै उनले सो भिडियो अपलोड गरेको बताएकी छिन् । उनले पुरानो हिन्दी फिल्म सोलेको गीत 'मेहबुबा...' मा डान्स गरेकी छिन् । निक्कै हट ड्रेसअपमा उनले आफ्नै घरको एक कोठामा डान्स गरेकी छिन् ।

पुरा पढ्नुहोस्

बुर्का मात्रै लगाउन पाइने साउदी अरबमा बन्दैछ 'बिकिनी बीच' !

मध्यपूर्व एसियाको एक मुस्लिम मुलुक हो साउदी अरब । यहाँको धर्म, परम्परा र कानुन निक्कै कठोर मानिन्छ । अधिकांश गल्ती वा अपराधको सजाय मृत्युदण्ड हुने गर्छ साउदीमा । भाषा, संस्कार, संस्कृति, परम्परा, रहनसहन, भेषभूषामा मुस्लिम धर्मको प्रत्यक्ष प्रभाव छ । यहाँका महिलाहरुलाई बुर्का लगाएर शरीर र अनुहार ढाक्नु पर्ने धार्मिक बाध्यता छ । उनीहरु खुल्ला रुपमा साधारण लुगा लगाएर हिड्न पाउँदैनन् ।

पुरा पढ्नुहोस्

कमाउ धन्धा बन्दै 'मिस टिन उर्लाबारी' 

सौन्दर्य प्रतियोगिताको खास अर्थ बौद्धिकतासँग र प्रतिभासँग जोडिएको हुन्छ । सौन्दर्य प्रतियोगिताले बौद्धिक सुन्दर र प्रतिभावान व्यक्तित्वलाई समाजमा स्थापित गर्ने र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्दछ । तर, आजभोलि विभिन्न बहानामा महिनै पिच्छे र चौकै पिच्छे हुने 'सौन्दर्य प्रतियोगिता' आयोजकको कमाइ खाने भाँडो बनेको तितो

पुरा पढ्नुहोस्

धुर्मुस सुन्तली एक लाख रुपैयाँसहित सम्मानित

धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा धुर्मुस–सुन्तलीलाई नगदसहित सम्मान गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मानसहित रकम हस्तान्तरण गरेका हुन् ।

पुरा पढ्नुहोस्
Loading...