२०७४ फाल्गुन ९, बुधबार , नेपाली समय : १०:५० pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

शिक्षा

डा. केसी फेरि अनशन बस्ने तयारीमा, त्रिविको उपकूलपति बनाइ माग्नेको बालुवाटारमा लर्को

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डक्टर गोविन्द केसीले फेरि अनशन बस्ने तयारी थालेका छन् । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनकोलागि दबाब दिन भन्दै डा. केसीले फेरि अनशन बस्ने तयारी गरेका हुन् । जाँचबुझ आयोगले केही दिनअघि मात्रै विभिन्न सुझाव सहित ४३ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पुरा पढ्नुहोस्

शिक्षकका कुरा नसुन्नेलाई अदालतले दियो सजाय 

उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । 

पुरा पढ्नुहोस्

[ सफलताको कथा ] गाउँको पीडामा मल्हम-पट्टी बन्दै 'सुन्दर' 

घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोर अवस्थामै काठमाडौँ हानिए सुन्दर । काठमाडौं उनका लागि सहज थिएन्, आमाले खोजखाज गरेर दिएको ९ सय रुपैंयाँ लिएर काठमाडौं आएका सुन्दरले कम्ता दुःख भोग्नुपरेन ।उनी कामको खोजीमा भौतारिए, अँह काम भने पाउन सकेनन् । एक ठेकेदारकोमा काम माग्न गए, उनले काम पाउन त पाए । तर अनविज्ञ नै थिए ।

पुरा पढ्नुहोस्

आईएलटीएसकोसमेत प्रश्नपत्र नै किनबेच भएपछि.......

प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो ।

पुरा पढ्नुहोस्

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्यो पिएचडी कार्यक्रम

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ । आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो ।कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले

पुरा पढ्नुहोस्

एसइई परीक्षा सामग्री जिल्ला पठाउन शुरु

आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

पुरा पढ्नुहोस्

कक्षा ११ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको छ । गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको उनले जानकारी दिए ।

पुरा पढ्नुहोस्

सत्तरी जना बालबालिकाहरुलाई स्वीटर प्रदान

मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयका ७० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । सेतो गुँरास विराटनगरकी सीता सिग्देल र सामुदायिक विकास मञ्च उर्लाबारीले आइतबार विद्यालयमा पुगेर स्वीटर प्रदान गरेका हुन् ।

पुरा पढ्नुहोस्

चीनमा 'नेपाली बाबु मेड इन नेपाल'

चीनको नान्छोङ शहरस्थित चाइना वेष्ट नर्मल युनिभरसिटीमा नेपाली विद्यार्थीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा चिनिया तथा विदेशी विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका छन् । नव वर्ष सन् २०१८ को स्वागतार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सो विश्वविद्यालयमा

पुरा पढ्नुहोस्

चिनिया सीपलाई नेपाली भूमिमा प्रयोग गर्न आग्रह

चिनिया सीप र ज्ञानलाई नेपाली भूमिमा प्रयोग गर्न चीनको सछुवान प्रान्तस्थित विभिन्न विश्व विद्यालयका प्राध्यापकहरुले आग्रह गरेका छन् । सछुवान प्रान्तका विभिन्न विश्व विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुसँगको भेटघाट तथा चिनिया प्राध्यापकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी

पुरा पढ्नुहोस्
Loading...