मिति:२०७४ श्रावण १३, शुक्रबार , नेपाली समय : ०२:१५ am | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

अर्थ-बजार

नेपाली बियर भारतीय बजारमा निर्यात गर्न सके वार्षिक दुई अर्ब नाफा !

टाईगर ब्रुअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरुलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । विगत लामो समयसम्म भारतमा बसेर मदिराको कारोबार गरेका खड्काले भारतीय सरकारलाई १७ अर्ब मुल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै विगत दुई आर्थिक वर्षमा १ अर्ब २० करोड नेपाल सरकारलाई राजश्व तिरेको समेत जनाए ।

पुरा पढ्नुहोस्

एक लाखभन्दा बढी रकम खातामा राख्दा परिचय–पत्र अनिवार्य, किन ?

बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ । जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान व्यवस्थाले ग्राहकलाई अप्ठ्यारो पारेपछि त्यसलाई परिमार्जन गरी एक लाख रुपैयाँभन्दा बढीको सीमा तोक्न लागिएको हो । राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था’ भन्दै यही साउन १ देखि ग्राहकको खातामा निक्षेप गर्ने व्यक्तिको परिचय खुलाउने

पुरा पढ्नुहोस्

यातायात मन्त्री बलायरको पहिलो उद्घोषः 'सार्वजनिक यातायात सहज बनाउँछु'

नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले पदभार ग्रहण गरेका छन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भौतिक पूर्वाधारका काममा तीव्रता दिने, सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताए ।

पुरा पढ्नुहोस्

सुरक्षा भत्ता भनेको सुरक्षा भत्ता नै हो, एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ नागरिक भत्ता वितरणमा जुटेका हुन् ।

पुरा पढ्नुहोस्

ओहो ! एक चौथाइ जनता गरिब भएको मुलुकमा मोबाइलमा दैनिक १८ करोड खर्च

झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्व ३८ करोड रुपैंयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौं करोडभन्दा बढी हो ।

पुरा पढ्नुहोस्

अब नेपालमा पनि महिलाका लागि छुट्टै बैंक, कस्तो होला त त्यो बैंक ?

अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको राणाले बताइन् ।

पुरा पढ्नुहोस्

क्याथोलिकले गोरखामा बनाइदिएका १० लाखका घर बाख्राका खोरजत्रा

क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् । ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी लगानी सम्मेलनमा सम्बोधन गर्न नेपाल आउने

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् ।

पुरा पढ्नुहोस्

सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द

पहिलो पटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रतिव्यक्ति रु ५५ लिन लागेकाले परीक्षार्थीले सोको विरोध गरेका थिए ।

पुरा पढ्नुहोस्

अंक केरमेट गरी कर फर्छ्योट आयोगका पदाधिकारीले गरे कर मिनाहा

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो । स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई

पुरा पढ्नुहोस्
Loading...