२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : १२:२६ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

सिनेमा

‘कालोपोथी’,‘पशुपति प्रसाद’ र ‘कबड्डी’लाई उत्कृष्ट चलचित्रको अवार्ड

नेपाली चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई आज अवार्ड दिएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

'नाका' मा डन विपिन कार्की, आयो टिजर (भिडियोसहित)

हरेक चलचित्रमा फरक फरक गेटअप र क्यारेक्टरमा देखिने विपिन कार्की 'नाका' मा डनको भूमिकामा देखिएका छन् । अमित श्रेष्ठको कथा र निर्देशनमा प्रवीन टाक्की कार्कीले चलचित्र नाका बनाउन लागेका हुन् । चलचित्रमा विपिन कार्की, थिन्ले ल्हामो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापा मगर, रामभजन कामत, अभिषेक सुवेदी केशव राई आदिको भूमिका रहने जनाइएको छ ।

पुरा पढ्नुहोस्

चलचित्र 'कान्छी' को गीत 'चरी चट्ट परी...' भाइरल, युट्युवमा एक नम्बर ट्रेण्डिङ !

नेपाली चलचित्र 'कान्छी'को गीत भाइरल बन्दै गइरहेको छ । नोभेम्बर २ तारिख युट्युवमा अपलोड गरिएको 'चरी चट्ट परी...' बोलको गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युवमा हेर्नेको संख्या ९ लाख ५९ हजार ३ सय ८७ पुगिसकेको छ । यो गीतलाई हिजैबाट युट्युवले एक नम्बर ट्रेण्डिङमा पनि राखिसकेको छ ।

पुरा पढ्नुहोस्

'अमेरिका बोइज'को छायांकन झापाबाट सुरु

क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् । फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने छ ।

पुरा पढ्नुहोस्

शुक्रबारबाट हलमा लागेको 'फाटेको जुत्ता' ले आक्रामक व्यापार गर्दै

दुई नेपाली सिने स्टार अभिनित चलचित्र 'फाटेको जुत्ता' शुक्रबारबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । सौगात मल्ल र प्रियङ्का कार्कीको यो फिल्ममा मुख्य भूमिका रहेको छ । यो चलचित्रमा उनीहरुसहित कामेश्वर चौरसिया, अनुज पाण्डेको पनि भूमिका छ भने केमियो भूमिकामा दयाहाङ राई र वर्षा राउतलाई पनि देख्न सकिने छ ।

पुरा पढ्नुहोस्

नितालाई अमेरिकामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

नेपाली नायिका निता ढुङ्गानाले अमेरिकामा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा आयोजित 'सान फ्रान्सिस्को चलचित्र महोत्सव' मा उनलाई 'उत्कृष्ट मुख्य अभिनेत्री' को विधामा पुरस्कार दिइएको हो । निता अभिनित नेपाली चलचित्र 'पञ्चायत' ले विदेशी भाषाको फिल्ममा 'उत्कृष्ट फिल्म' को पुरस्कार पनि जितेको छ ।

पुरा पढ्नुहोस्

उल्टो साइकल यात्रीको कथामा चलचित्र बन्ने, श्रीराम दाहाल गर्दैछन् निर्देशन

उल्टो साइकल चलाएर शान्तिको सन्देश दिँदै विश्व यात्रामा निस्किएका विरेश दाहालको कथामा अब चलचित्र बन्ने भएको छ । दाहालको बायोपिक फिल्म 'उल्टो साइकल' को आज राजधानीमा एक समारोहकाबीच घोषणा गरिएको हो । चलचित्रको नाम सार्वजनिक गरिए पनि कुनै कलाकारको नाम घोषणा गरिएको छैन ।

पुरा पढ्नुहोस्

कलाकारहरुले भेटे उपप्रधानमन्त्रीलाई

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराएका छन् । उपप्रधानमन्त्रीको कार्यकक्षमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उनले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

पुरा पढ्नुहोस्

'दीपक–दीपालाई चिठी' को उत्तर यसरी दिए दिपकराजले...

हिजो सेतोपाटीमा छापिएको थियो 'दीपक–दीपालाई चिठी' शीर्षकको एक पत्र । जसलाई लेखेकी थिइन् दुर्गा कार्कीले । उनले चिठीमा महिलाहरुलाई छक्का पञ्जा २ चलचित्रले अपमान गरेको, हेपेको, महिला शशक्तिकरण देखाउन नसकेको र महिला सधैँ हास्यको पात्र मात्रै हुन्, उनीहरुलाई सधैँ पछिमारेर मात्रै चलचित्र सफल बन्न सक्छ भन्ने धारणालाई चलचित्रले संस्थागत गरेको जस्ता आरोप लगाएकी थिइन् । उनको सो चिठी पढेर दीपकराज गिरीले त्यसको उत्तर दिएका छन् ।

पुरा पढ्नुहोस्

बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने ‘अग्निदहन’

बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए । मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । उपाध्याय सो प्रतिष्ठानको अध्यक्ष पनि हुन् ।

पुरा पढ्नुहोस्
Loading...