२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : १२:२९ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

कृषि

भैँंसी गोष्ठीले निकाल्यो चार बुँदे निष्कर्ष

भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विश्वका विभिन्न देशका वैज्ञानिक सहभागी भएको ‘अन्तर्राष्ट्रिय भैँसी विज्ञको समगोष्ठी’ ले चार बुँदे निष्कर्ष निकालेको छ ।

पुरा पढ्नुहोस्

भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गरे ।

पुरा पढ्नुहोस्

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु रेका छन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए ।

पुरा पढ्नुहोस्

साना किसानलाई प्रोत्साहन गर्न कार्यविधि परिवर्तन ः पशुपंक्षी विकास मन्त्री थारु 

बर्दियाको बढैयाताल गाउँपालिकाको पहिलो नगर सभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री थारुले अनुदान वितरण गर्दा एक कक्षादेखि ६ कक्षासम्म पढेको कृषक र डिग्री पढेको कृषकलाई बराबर नम्बर दिएर समान अवसर प्रदान गर्न कार्यविधि परिवर्तन गरिएको बताए ।

पुरा पढ्नुहोस्

च्याउ खेतीबाट मासिक एक लाख आम्दानी गर्दै बस्नेत दाजुभाइ

च्याउ खेती गरेर उर्लाबारी नगरपालिका–७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लागेका हुन् । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान्य रुपमा बस्नेत दाजुभाइले १८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् ।

पुरा पढ्नुहोस्

माछा सुपरजोनमा बाढीले ५० करोडको क्षति

बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो ।

पुरा पढ्नुहोस्

छोइनसक्नु भयो तरकारीको भाउ

‘घिरौला कसरी हो साहू जी ?’ ‘केजीको १०० रुपियाँ हो, लैजाउनुहोस् बजारमा तरकारी नै छैन, बिहान ४ः०० बजे गएर अलिअलि ल्याएको, ढिलो गएको भए रित्तै आउनुपर्ने रे’छ नि !’ सोमबार बिहान कीर्तिपुरका चोकका तरकारी व्यापारी रामेश्वर थापाले तरकारी किन्न आउने ग्राहकलाई मूल्यसँगसँगै सुनाउँदै गरेको गुनासो हो यो। देशका ठाउँठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैन, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन । उनले भने ‘त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी

पुरा पढ्नुहोस्

सरकारको कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण रोक्ने प्रयास, जग्गा प्लटिङमा बन्देज

जग्गा दलालहरुले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो । मन्त्रालयले अब कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न, गराउन नपाइने जानकारी गराएको छ ।

पुरा पढ्नुहोस्

'नागरिकले वनबाट सोचे जति फाइदा लिन सकेका छैनन्'

जिल्ला वन कार्यालय सोलुखुम्बुका अधिृकत मेघराज राईले जिल्ला वन कार्यालयको हालको संरचना कायम रहने  बताएका छन् । उनले जिल्ला कर्मचारी व्यवस्थापन समितिले कर्मचारी सिफारिस गर्ने क्रममा जिल्ला वनमा रहेका कर्मचारीलाई गाउँपालिकामा सिफारिस गरेको भन्दै इलाकामा रहेको फेरस्टरलाई गाउँपालिका तहमा वन क्षेत्रको कार्यक्रम हर्ने गरी व्यवस्थापन गरिने बताए ।

पुरा पढ्नुहोस्

पर्याप्त पानी नपरेपछि नेचा सल्यानमा ४० प्रतिशत मात्र रोपाई

सोलुखुम्बुको मुख्य धान उत्पादन हुने क्षेत्र नेचा सल्यानमा पानी अभावका कारण रोपाई हुन सकेको छैन । अधिकांश खेतमा रोपाईका लागि आकाशे पानीमा भर पर्नुपर्ने अवस्थाका कारण यस वर्ष प्रशस्त पानी नपरेपछि रोपाई प्रभावित भएको हो । नेचा सल्यान गाउँपालिकाको वेसीगाउँ भदौरे, लखने, टारी, पहेले, पोखरे लगायतका स्थानमा रोपाई हुन नसकेपछि किसान चिन्तित भएका छन् ।

पुरा पढ्नुहोस्
Loading...