२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : ०६:३३ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

निर्वाचन

नमूना मतदानमै ल्याप्चे, मतदाता अझै अलमलमा

अछामको बान्नीगढ जयगढ गाउँपालिका–३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताइन् । “तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उनले भनिन्, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन ।” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताए ।

पुरा पढ्नुहोस्

रसुवामा हवाइ फायरिङ

मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गए राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।

पुरा पढ्नुहोस्

निर्वाचनबारे कुनै जिज्ञासा छ ? डायल गर्नुस् १६६००१४४२२२ नम्बरमा 

धनुषाका देवेन्द्र यादवले आफ्नो जिल्लामा कहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा फोनमार्फत सोधे ।

पुरा पढ्नुहोस्

कांग्रेस उम्मेदवार डाँगीले सुत्केरीको ज्यान बचाए

सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाउनुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो ।

पुरा पढ्नुहोस्

कांग्रेस सभालाई लक्षित गरी सकेट बम !

नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडा कार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

पुरा पढ्नुहोस्

गगन थापासहितका नेता आउने भएपछि ढिकुरे बजार क्षेत्रमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

पुरा पढ्नुहोस्

ठूला पार्टीले महिलालाई टिकट नदिएको भन्दै रोइकराइ

जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् ।

पुरा पढ्नुहोस्

नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

पुरा पढ्नुहोस्

चुनावले मजदूर रोक्न सकेन –‘मतदान गर्न भनेर भोको बस्न भएन’ 

महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ ।

पुरा पढ्नुहोस्

युरोपियन युनियनको वदमासी, निर्वाचन पर्यवेक्षणमा रोक लगाउन सिफारिस

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

पुरा पढ्नुहोस्
Loading...