सातजना हुण्डी कारोवारीहरु पक्राउ

काठमाडौं, २२ जेठ, काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गर्ने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ थापाथलीका २९ वर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी–८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने […]

पुरा पढ्नुहोस्

ललितपुरको महालक्ष्मी चोकमा मोटरसाईकल एकआपसमा ठोकिँदा ३ जना घाइते

ललितपुर, ११ वैशाख, ललितपुरको महालक्ष्मी चोकमा आज बिहान पौने ४ बजे, एकान्तकुना तर्फ जाँदै गरेको बा ७६ प ७८६२ र महालक्ष्मीबाट लगनखेल तर्फ आउदै गरेको बा ४५ प ३३५४ नम्बरको मोटरसाईकल आपसमा ठोकिदा ३ जना घाइते भएका छन् । दुर्घटनामा परि ७८६२ नम्बरको मोटरसाईकल चालक काठमाडौ मुलपानी बस्ने मोरङका २५ बर्षीय पारस श्रेष्ठ, सोही मोटरसाईकल […]

पुरा पढ्नुहोस्

ट्राफिक प्रहरीद्वारा महिलामाथि एसिड प्रहार

चितवनको रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीले एक महिलामाथि एसिड प्रहार गरेका छन् । ट्राफिक प्रहरी रामचन्द्र खनियाले स्थानीय एक श्रेष्ठ थरकी महिलालाई एसिड प्रहार गरेका हुन् । गम्भीर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भईरहेकाे सूचना प्राप्त भएकाे छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।

पुरा पढ्नुहोस्

लुकाइराखेको हातहतियार बरामद

सुनसरी, ६ वैशाख, बर्जु गाउँपालिका–५ बस्ने सिसा सरदारको घर र गोठबाट ठुलो चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र गोली राउण्ड १ थान बिहीबार प्रहरीले फेला पारी बरामद गरेको छ । उनको घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा गोठमा लुकाईराखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो । […]

पुरा पढ्नुहोस्

मिटरमा हिड्न नमान्ने ट्याक्सीलाई ठाउँको ठाउँ कारबाही, आनाकानी गरे १०३ मा फोन गर्नु !

काठमाडौँ, ६ वैशाख, उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी ठाउँको ठाउँ कारबाही कारबाही गर्न थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । “पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा […]

पुरा पढ्नुहोस्

नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

परासी, ५ वैशाख, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम स्थित बर्दघाट नगरपालिका–४ दाउन्नेमा हिजो बेलुकी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे ना ५ ख २५१४ नम्बरको ट्रक सडकबाट करिब ५० मीटर तल खसेको थियो । मृत्यु हुनेमा ट्रकका चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का ४० वर्षीय शिव नारायण विजराजी र […]

पुरा पढ्नुहोस्

रथयात्राले जावलाखेल र पुलचोकको सवारी आवागमनमा सकस

ललितपुर, ५ वैशाख, ललितपुरको जावलाखेलबाट पुलचोकतर्फ आउने सवारी साधनलाई अल्का अस्पताल मोडबाट ड्राइभर्सन गरिएको छ । दमकलमोड राखिएको रातो–मछिन्द्रनाथको रथ दर्शन गर्नेहरुको घुईचो अत्याधिक रहेका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो । पुल्चोकबाट जावलाखेलतर्फ जाने सवारी साधन भने संचालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ । ड्राइभर्ट गरिएका सवारी साधनहरु भने झम्सिखेलबाट संचालन भइरहेका छन् ।

पुरा पढ्नुहोस्

बस र ट्रक ठोकिँदा २ जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ, ३ वैशाख, धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवा १० बजे बस र ट्रक एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा दुवै सवारी साधनमा सवार २० जना घाइते पनि भएका छन् । मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो […]

पुरा पढ्नुहोस्

गुण्डागर्दी र लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कारबाही गर्न प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौं, ३ वैशाख, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरुले निर्भिक र निडर भई निष्ठाका साथ काम गर्नुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले उक्त कुरा बताएका हुन् । राष्ट्र र नागरिकको […]

पुरा पढ्नुहोस्

जीपको ठक्करबाट एक बालकको मृत्यु

दाङ, १ वैशाख, राप्ती गाउँपालिका–४ श्री नारायण चौकमा आज जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीय सुदन नेपाली रहेका छन् । आज दिउँसो २ बजे दाङबाट सुनसरीतर्फ जाँदै गरेको को २ च ६५१ नम्बरको जीपले ठक्कर दिँदा बालक घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै […]

पुरा पढ्नुहोस्