एमालेका वडाध्यक्षको धारिलो हतियार प्रहारबाट ४ जना गम्भीर घाइते

अभिमनुकुमार पटेल, रौतहट, १० असार, वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफ्नै वडाका एकै परिवारका ४ जना माथि धारिलो हतियार प्रहार गरेका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं.– ७ का वडा अध्यक्ष विजय कुशवाहले सडक विस्तार गर्नको लागि जबर्जस्ती डोजर चलाएर खेतबाट माटो खनिएको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी आफ्नै मतदातालाई गम्भीर […]

पुरा पढ्नुहोस्

उपप्रमुखको उदाहरणीय कामः दाइजो हटाउन आफ्नै छोरीबाट थालनी

लहान, ८ वैशाख, दाइजो प्रथा तराई मधेरका घरघरको समस्या बन्दै गइरहेको बेला लहान नगरपालिकाका उपप्रमुखले उदाहरणीय काम गरेका छन् । उपप्रमुख सरियार चौधरीले आफ्नै छोरी मिन्छु चौधरीको विवाह दाइजो बिहीन गरेपछि उनी गाउँ, समाज र प्रदेशमै उदाहरणीय बनेका हुन् । उपप्रमुख चौधरीले छोरी मिन्टुको विवाह चितवन भरतपुर–१० का रविन सापकोटासँग गरिदिएका हुन् । तराई–मधेस क्षेत्रमा […]

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा

धनगढी, ५ वैशाख, प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीको भर्ना सरकारी स्कूलमा गरेका छन् । सरकारले तय गरेको विद्यालय भर्ना अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले धनगढीको उत्तर बेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा छोरीको भर्ना गराएका हुन् । मुख्यमन्त्री भट्टकी छोरी पुष्पा भट्ट कक्षा ८ मा भर्ना भएकी हुन् ।

पुरा पढ्नुहोस्

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे

पोखरा, २ वैशाख, (रासस), प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं.– ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल […]

पुरा पढ्नुहोस्

गाउँपालिका कार्यालयमा बम विस्फोट

इलाम, २ वैशाख, इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । कार्यालय भवनमा अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्यालयको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए । सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन् भने आल्मुनियमको सिलिङमा पूर्णरुपमा क्षति […]

पुरा पढ्नुहोस्