प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप

काठमाडौँ, ३० जेठ, नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सो हर्कतको घोर निन्दा गरेको हो । […]

पुरा पढ्नुहोस्

टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार धमाधम, १ हजार किलोमिटर नेटवर्क तयार गर्ने लक्ष्य

काठमाडौँ, २४ जेठ, नेपाल टेलिकमले आफ्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न गरिसकेको छ । अब असार मसान्तसम्म थप १ […]

पुरा पढ्नुहोस्

भूकम्प अति प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट सेवा

काठमाडौँ, २१ जेठ, नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको हो । भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो […]

पुरा पढ्नुहोस्

टेलिकमको डाटा प्रयोगकर्ता १ करोड भन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात् २०७४ चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेका हुन् । सो रिपोर्टअनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार […]

पुरा पढ्नुहोस्

बाग्लुङ र डोल्पाका अति दुर्गम क्षेत्रमा टेलिकमको जीएसएम मोबाइल सेवा

काठमाडौँ, १० वैशाख, नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत थ्रिजी विटिएस स्थापना गरी २०७५ वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा […]

पुरा पढ्नुहोस्

मुगुको विकट गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा

काठमाडौँ, ६ वैशाख, नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो । मुगुम कर्मारोङ जिल्लाकै सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन […]

पुरा पढ्नुहोस्

दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने

काठमाडौँ, ४ वैशाख, राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजना गरिएको दोस्रो ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । आजै औपचारिक रुपमा आयोजक संस्थाका कार्यक्रम संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट प्रमुख बजार व्यवस्थापक गणेश अवस्थीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रमको नाम ‘ग्लोबल आइएमई […]

पुरा पढ्नुहोस्

टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने

ह्याप्पी सोसल मिडिया प्याक काठमाडौँ, २ वैशाख, भोलि अर्थात् वैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । उक्त अफर २०७५ वैशाख ३ […]

पुरा पढ्नुहोस्

जिमेलमा हुँदैछन् ५ परिवर्तन !

काठमाडौँ, १ वैशाख, जिमेल प्रयोगकर्ताहरुलाई खुसीको खबर छ । गुगलको मेल सेवा जिमेल केही परिवर्तनसहित अझ सुविधायुक्त बन्ने भएको छ । गुगलले जी स्वीट अकाउन्ट एडमिनिस्ट्रेशनलाई पठाएको इमेलअनुसार जिमेलले ५ वटा परिवर्तन गर्दैछ । जिमेलमा गरिएका ५ परिवर्तनहरु यी हुन् : स्मार्ट रिप्लाई जिमेलबाट अब इन्सटेन्ट रिप्लाई गर्न सकिने छ । मेल प्राप्त भएकोमा धन्यवाद, […]

पुरा पढ्नुहोस्