प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

राजनीति

काठमाडौँ, १० असार, ६ दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किने भएका छन् । स्रोतकाअनुसार ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

६ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रेलमार्गको निर्माण, नेपाल–चीन व्यापार, तातोपानी र केरुङ नाका सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा वार्ता र समझदारी गरेको बताइएको छ ।

प्रधानमन्त्री ओली करिब ११५ जनाको लर्कोसहित गत असार ५ गते चीन प्रस्थान गरेका थिए ।

Loading...