बेल्जियम र ट्युनिसियाको खेलमा गोलको वर्षा, बेल्जियम ५ गोल गर्दै विजयी

खेलकुद

काठमाडौँ, ९ असार, शनिबार भएको बेल्जियम र ट्युनिसियाबीचको खेलमा गोलको वर्षा नै भएको छ । नेपाली समयअनुसार साँझ ५ः४५ बजे भएको ग्रुप जि अन्तर्गतको दोस्रो खेलमा जम्मा ७ गोल भएको छ । विश्वकप २०१८ रसियामा सर्वाधिक धेरै गोल गरेको यो पहिलो खेल हो ।

खेलअवधिमा बेल्जियमले ५ गोल लगाएको छ भने ट्युनिसियाले पनि २ गोल गरेको छ । बेल्जियमका हाजर्डले खेलको छैठौँ मिनेटमा गोल लगाएर सुरु गरेको गोलको वर्षा ९० मिनेटसम्म कायम रह्यो । हाजर्डले पुन ५१ मिनेटमा अर्को गोल थपे भने लुकाकाले १६ र ४५+३ मिनेटमा दुई गोल गरे । यसैगरी निक्कै वटा अवसर मिस गरेका बात्सुयीले ९० औँ मिनेटमा आफ्नो प्रहारलाई सदुपयोग गर्दै गोलमा परिणत गरे ।

यता ट्युनिसियाका ब्रोनले १८औँ मिनेटमा पहिलो गोल गरेका थिए । ५–१ ले पछिपरेको ट्युनिसियाका खाज्रीले ९०+३ मिनेटमा अर्को सान्त्वना गोल गरेका थिए ।

Loading...