एसइईको नतिजा कसरी हेर्ने ?

समाचार

काठमाडौँ, ९ असार, गत २०७४ चैत ८ गतेबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज ४ बजे नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

फलामे ढोका मानिदै आएको एसइई परीक्षाको नतिजा पर्खाइमा करिब ५ लाख परीक्षार्थी छन् भने उनीहरुसँग सम्बन्धित लाखौँ मानिसलाई पनि उत्तिकै चासो छ । आज सार्वजनिक हुने परीक्षाको नतिजा कसरी हेर्ने त ? यो आजको सार्वजनिक चासोको विषय हो ।

माध्यमिक शिक्षा परीक्षा बोर्डका अनुसार परीक्षाको नतिजा एसएमएसबाट, वेबसाईटबाट र आइभिआरबाट हेर्न सकिने छ । नेपाल टेलिकमको आइभिआर १६०० डायल गरेर सिम्बोल नम्बर हानी नतिजा सुन्न सकिने छ । यसैगरी एसएमएसतर्फ ८ वटा कम्पनीमा आफ्नो सिम्बोल नम्बर एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिनेछ भने वेभसाइट तर्फ १६ वटा वेभसाइटमार्फत एसइईको नतिजा सजिलै हेर्न सकिने छ । त्यसको विस्तृत विवरण तलको सूचनामा हेर्नुहोलाः

यस वर्षको एसइई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । देशका ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।

Loading...