डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति

स्वास्थ्य

काठमाडौं, ५ असार, नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे भने शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा. देवकोटाको उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा सोमबार साँझ ५ः३५ बजे निधन भएको हो ।

Loading...