त्रिभुवन आर्मी क्लब समूह विजेता

खेलकुद

काठमाडौँ, २३ जेठ, काठमाडौँमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत समूह ए को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको छ । मंगलबार भएको खेलमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन मात्र बनाएको थियो ।

वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । जितपछि आर्मी समूह ए को ४ वटै खेल जित्दै विजेता बन्दा ३ खेलमा जित र १ खेल हारेको एपीएफ समूह उपविजेता बनेको छ ।

आर्मीले अब सेमिफाइनलमा समूह ए को उपविजेता तथा एपीएफले समूह बी को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Loading...