शिक्षक सरुवा आजबाट खुल्यो

शिक्षा

काठमाडौँ, २२ जेठ, केही समयदेखि रोकिएको शिक्षकहरुको सरुवा आजबाट खुला भएको छ । शिक्षा विभागले आज एक सूचना जारी गर्दै ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र क्षेत्रीय निर्देशनालयहरुलाई निर्देशन गराएको हो ।

जिल्ला शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको शिक्षा विकास तथा समन्वय इकाईमा गाभ्न विभागले दुई महिनादेखि शिक्षक सरुवाको काम रोकेको थियो ।

यसअघि विभागले ७७ वटै तात्कालीन जिल्ला शिक्षा कार्यालयहरुलाई चैत्र २१ २०७४ मा चलानी नम्बर ११३ को पत्र काटेर शिक्षक सरुवासम्बन्धी कार्य नगर्न नगराउन विभागले निर्देशन दिएको थियो ।

आज जारी निर्देशनमा भनिएको छ, ”शिक्षा विभागको मिति २०७४।१२।२१ च.नं. ११३ को पत्रबाट शिक्षक सरुवासम्बन्धी कार्यहरु नगर्न नगराउन निर्देशन गरिएकोमा उक्त कार्य पूर्ववतरुपमा गर्नु गराउनु हुन शिक्षा विभागको मिति २०७५।०२।२२ को निर्णयानुसार अनुरोध छ ।”

Loading...