रवी लामिछानेका नाममा

साहित्य

– श्रीराम पौडेल
(असारे भाकामा)
न्यूज ट्वान्टी फोरको हेर एउटा पत्रकार
जातो च्यात्न अन्यायको उनलाई छ हतार
नाम चाहिँ उनको हेर रवी लामिछाने
अन्यायको विरुद्धमा कलम चलाई खाने ।
सीधा कुरा जनतासँग चलाउँछन् उनलाई चिन्ने अपराधी डराउँछन् ।

बलात्कारी घुसखोरी भ्रष्टाचारको कुरा
जनतासामु भन्छन् उनी गर्छु वाचा पूरा
ल्याई कुरा घटनाको जनता सामू गर्छन्
पत्रकारमा उनी एैले एक नम्बरमा पर्छन् ।
सीधाकुरा जनतासँग राखेर उद्धार गर्छन् ज्यान बाजी थापेर ।

सूचना र प्रविधि त ऐले धेरै छन्
अन्यायमा परेकाको बुझाइकन मन
अपराधी डराउँछन् न्याया पाउने खुसी
उनलाई देख्दा अपराधी बस्छन् अनि लुकी ।
पत्ता लगाउँछन् जुनसुकै घटना रवीजीले हेर्नुछ रटना ।

सेना, पुलिस, न्यायालय, प्रशासनको कुरा
सत्यकुरा जनतासामु ल्याउने उनी सुरा
कसैको नि हिम्मत छैन रवीजस्तो बोल्ने
खोजी–खोजी घटनाको सबै कुरा खोल्ने ।
उनको कुरा सबैलाई साँचो छ रवीजस्ता यो देशलाई खाँचो छ ।

खाडी मुलुक पुर्याउँछन् दलालले चेली
त्यहीँबाट रवीजीलाई लगाउँछन् नालीबेली
कोही पुर्याउँछन् युरोप त कोही भारत तीर
विपदमा परेकालाई भन्छन् नलेउ पीर ।
कुरा सन्छन् आपत र विपदको आश्वासन दिन्छन् है सुखको ।

आफ्नै ज्यानको बाजीराखी उद्धारमा जान्छन्
घुसखोरी अपराधी उनको खुट्टा तान्छन्
कहिले पुग्छन् खाडी मुलुक कहिले भारत तिर
मलाइृ लाग्छ नेपालमा रैछन् एउटा वीर ।
अपराधी उम्कन दिँदैनन् माया भन्दा अरु कै लिँदैनन् ।

घरपरिवार भन्दा उनलाई देश जनताको चिन्ता
उनको चिन्ता देख्दा मैले सोचे एकछिन् त
देशको चिन्ता गरिकन सीमानामा पुग्छन्
अपराधी धेरैजसो दक्षिणतीर लुक्छन् ।
सीमानामा भैरहन्छ झगडा औला ठड्याई बोल्छन् है तगडा ।

सत्य, तथ्य घटनाको बनाइदिन्छन् सागर
त्यै भएर मलाई पनि लाग्यो लेख्न जाँगर
जस्तो देख्छु त्यस्तै लेख्छु घटनाको बेला
अपराधीलाई पार्नुपर्छ रवीजीको फेला ।
झुठा कुरा बोल्ननी जान्दैनन् साँचो बाहेक अरु चाहिँ मान्दैन ।

लामिछाने थर हेर नाम उनको रवी
त्यै साहसको वर्णन गरौँ हामी सबै कवि
गहुँगोरो अग्लो अग्लो अधबैंसे ठिटो
कार्यक्रम नै मोहित पार्ने बोली पनि मिठो ।
हेर्दा उनी चिटिक्क देखिने उनको बयान सबै ठाउँ लेखिने ।

ऐले उनले जितिसके जनताको मन
सीधा कुरा जनतासँग मन पराउँछन्
धेरै ठाउँको देखाइ सबै घटनाको कुरा
छनी धेरै देखाउन भाको छैन पुरा ।
सबै मिलाउँ रवीसँग हातमा हात छन् नेपाली दाजुभाइ तिम्रो साथ ।

कुनै बेला बलात्कार त कैले घुसखोरीको
दुःख देख्न सक्दैनन् ती नेपाली चेलीको
कहिले त्याउँछन् बोक्सकिो त कहिले भूतको कुरा
बेलीविस्तार लगाइकन देखाइदिन्छन् पुरा ।
सत्य कुरा ठाउँको ठाउँ गर्दछन् विपदमा उनकै भर पर्दछन् ।

अझै छहै गर्नु पर्ने तिम्ले धेरै काम
छटपटाउँछन् अपराधी हरे राम राम
तीन करोड नेपालीको जितिसके मन
त्यो भएर सीधाकुरा हेर्छन. सबै झन ।
कार्यक्रमको प्रस्तुत भएर कुरा बुझ्छन् ठाउँ ठाउँमा गएर ।

हल्ला भयो जताततै कञ्चनपुरको कुरा
त्यो घटना जनता सामु देखाइदिए पुरा
अन्यायले सीमा नाघ्यो भन्छन् उनी पनि
सधैँ भरी हेरी बस्छु सीधा कुरा म पनि ।
सीमानाको ज्यादती देखाए मनको पनि खुलदूली मेटाए ।

सीमानामा एसएसबीले गोली हान्या कुरा
जनतासामु त्यो घटना देखाइ दिए पूरा
अन्यायले सीमानामा गाडिसक्यो जरो
अपराधको विरुद्धमा रवी बोल्छन् खरो ।
सीमानाको विवादमा झगडा बोल्ने अरु कोही छैन तगडा ।

देखाई दिए एसएसबीले गोली हान्या कुरा
हतियार लिई नेपाल पस्ने सम्मन कति सुरा
गोली खाने ती वीर हुन् थर पर्यो गौतम
लाग्यो गाली ढली हाले उनी भए खत्तम ।
ढली गए रहेन शास पनि मरी गए भएन आश पनि ।

परिवार र आफन्त नि शोकाकूल भए
कोही गए अस्पतालमा कोही घर गए
सीमानाको विवादमा जैले जनता मात्र
विवाद चाहिँ मिलाउने देखिन है पाना ।
सीमानामा हैरान बनायो तातो गोली गौतमलाई खन्यायो ।

घटनाको बेली विस्तार सीधाकुरा राखी
बसले छैनन् अपराधीलाई उनले काखी च्यापी
छर्लङ्ग नै पारिदिए घटनाको कुरा
भारतीय एसएसबीलाई खेदिदिए पुरा
लखेटेर सीमाना कटाए बन्दुकधारी अपराधी हटाए ।

पुर्याई दिए जनतादेखि सरकारसम्म कुरा
कहिलेसम्म सीमानामा खाने गोली छुरा
यति हुँदा सरकारको हिम्मत छैन बोल्ने
थाहा पाए नि नथापाए जस्तो कुरा खोल्ने ।
बुद्धि विवेक कहाँ गाको कहाँ गाको कोही नपोल्ने सरकार चाहिँ के म ।

रवीजीले फैलाई दिए दशै भरी कुरा
विपदमा परेकालाई सहयोग गर्दछन् पुरा
पत्रकार पेशा उनको छोड्दैनन तै धर्म
पेशा उनको पत्रकार त्यही उनको कर्म ।
अपराधी छोड्दैनन् कैलेनी सीधा कुरा हैरौँ है जैले नि ।

अपराधीसँग जनतासामू धेरै कुरा सोध्ने
अपराधी खोजी खोजी विवेक लगाई गाद्ने
स्कुल र प्रशासन स्वास्थ्य क्षेत्र पनि
पुरा भाको छैन भन्छन् अझै बाँकी छ नि ।
जनतालाई साथ दिनु जैले नि आशीर्वाद दिएँ है मैले नि ।।

– कागेश्वरी मनहरा नगरपालिका–५, थली ।

Loading...