पाल्पाको हुमिनमा बस दुर्घटना ११ जनाको मृत्यु

समाचार

पाल्पा, १८ जेठ, पाल्पाको तानेसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस राम्घा  गाउँपालिका हुमिनमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु भ्रमणकालागि रामपुर जाँदै गर्दा सो बस दुर्घटनामा परेका हुन् ।

१९ जनाभन्दा बढी सवार भएको सो बस दुर्घटनामा परी ११ जनाको घटनास्थलमै निधन भएको स्थानीय संवाददाताले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते ८ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतक र घाइतेको यकिन संख्या प्रहरीले आधिकारिक रुपमा पुष्टी गरिसकेको छैन ।

गए राती ठूलो वर्षाले बाटो चिप्लो भएकोले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Loading...