मनोहरा साहित्य समाजको ३२ औं रचना वाचन सम्पन्न

साहित्य

काठमाडौँ, ८ वैशाख, मनोहरा साहित्य समाजले आफ्नो नियमित मासिक कार्यक्रमको ३२ औं रचना वाचन सम्पन्न गरेको छ । कार्यक्रममा प्राज्ञ नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्य रहेको थियो ।

अतिथिहरूमा छन्दकवि नारायण ज्ञवाली र साहित्यकार रुद्र ज्ञवाली थिए । कार्यक्रममा सम्पत काफ्ले, पवित्रा अधिकारी, रञ्जना पराजुली, रञ्जु खनाल, राजेश खनाल, डा. प्रदीप मैनाली, गणेश घिमिरे मार्मिक, नीराजन तिमल्सिना, टि.एन. भट्ट, मित्थु थारु, पुरुषोत्तम सिग्देल, डा. खगेन्द्र शर्मा, राम कालिकोटे, रमेश समर्थन, ब्रह्मप्रिय प्रेमस्वरूप, छविरमण सिलवाल, जनकपुरी, सीता सुवेदी, जसध्वज गुरुङ, खेमलाल पोखरेल, डम्बर घिमिरे, भावकेशर बरालले आफ्ना रचनाहरू सुनाए ।

मनोहराका संस्थापक डिल्लीराज अर्यालले कार्यक्रमको सभापतित्व गरेका थिए । अर्का संस्थापक शीतल गिरीले कार्यक्रम सञ्चालन गरेका थिए । कविता, कथा, निबन्ध, गीत, गजल प्रस्तुत गरिएको सो कार्यक्रममा गोविन्द चापागाई, लीलाराज दाहाल, डा. मदनप्रसाद सत्याल, लक्ष्मणप्रसाद खनाल, अर्जुन आचार्य, पुण्यप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । अतिथि रुद्र ज्ञवालीले संक्षिप्त मन्तब्यको साथै मुक्तक र ‘आज नेपाल बन्द छ’ कविता सुनाउनु भयो भने अर्का अतिथि नारायण ज्ञवालीले आफैँले अनुवाद गरेको नीति सतकका केही श्लोक सुनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको गहन मन्तब्यले भब्य बनाएको थियो । पेप्सी टाउन प्लानिङ, नेपाल यातायातको बसपार्क नजिक रहेको ग्लोबल पब्लिक स्कूलको हलमा सोही स्कूलको सहकार्यमा भब्यताको साथमा हरेक महिनाको दोस्रो शनिवार दिनको १ बजे कार्यक्रम हुँदै आएको छ ।

Loading...