प्युठानमा बस दुर्घटना, पाँच जनाको मृत्यु, बाईस जना घाइते

समाचार

प्युठान, ३० वैशाख, पइुठानको सरुमारानी–४ प्याकुरीमा आज बिहान ३ बजे बस दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्युठान सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ४ ख १८७६ नम्बरको बस सडकबाट अन्दाजी १ सय मीटर भन्दा तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि २२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल र १७ जनाको जिल्ला अस्पताल प्युठान बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...