प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

राजनीति

काठमाडौं, २९ वैशाख, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

शनिवार दिउँसो राजधानीस्थित होटल ह्यातमा भएको उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले भने, ‘सबै क्षेत्रका जनताहरुलाई विश्वासमा लिई तीनवटै तह स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यस कार्यका लागि यहाँहरुले गर्नुभएको सहयोगप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ नेपालको समग्र विकासमा छिमेकीहरुबाट सहयोगको अपेक्षा रहेको उनको भनाई थियो ।

प्रचण्डले सीमानाका समस्या, मधेसको डुबानको समस्या, र विराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनु पर्ने कुरा छलफलका क्रममा उठाएको स्रोतले जनाएको छ ।

बिजेपीका पूर्व सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै उनले यस्तो भ्रामक र हानिकारक प्रचारको भर्त्सना गरे ।

Loading...