चलचित्र ‘कुम्भ करण’ को अष्ट्रेलिया कपी राइट्स १२ लाखमा बिक्री

मनोरञ्जन

काठमाडौँ, २४ वैशाख, आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘कुम्भ कारण’ को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र ‘कुम्भ करण’ को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिरप्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् ।

‘कुम्भ करण’ को यस अघि नै सार्वजनिक कुटु कुटु यो मुटु खाने भो बोलको गीत चर्चामा रहेको छ ।

Loading...