गायक भूपू पाण्डेको ‘छाता सङ्ग’ (भिडियोसहित)

आजको म्यूजिक

काठमाडौँ, २२ वैशाख, गायक भूपू पाण्डेले नयाँ गीत सार्वजनिक गरेका छन् । एसेप्ट गर… बोलको गीतबाट निक्कै चर्चामा रहेका गायक पाण्डेले अहिले ‘छाता सङ्ग…’ भनेर ‘पानी पर्ला बाटैमा…’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक पाण्डेकै सङ्गीत र एरेन्ज रहेको छ । यो गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् । निक्कै रमाइलो बनाइएको यो गीतको म्यूजिक भिडियोमा एलाइड २० क्रुको नृत्य र अभिनय हेर्न पाइन्छ ।

निक्कै मिठो स्वरका धनी गायक पाण्डे पछिल्लो समय रोमान्टिक गीतहरु प्रस्तुत गर्न थालेका छन् । भजन र आधुनिक गीतमा पनि उत्तिनै मिठास दिनसक्ने गायक पाण्डेका समसामयिक गीत पनि उत्कृष्ठ रहेका छन् । गायनमा अब्बल पाण्डे यतिबेला आफ्नासहित अरुका गीतको एरेन्ज र संगीत भर्न पनि व्यस्त छन् । उनको यो कामलाई पनि स्रोता, दर्शकले उत्तिनै मन पराएका छन् ।

हेर्नुहोस् यो रमाइलो गीतको म्यूजिक भिडियोः

Loading...