धीरजले ल्याए ‘जुनेली रात…’ (भिडियोसहित)

आजको म्यूजिक

काठमाडौँ, १८ वैशाख, पपस्टर धीरज राईले नयाँ गीत हालै सार्वजनिक गरेका छन् । ‘जुनेली रात…’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

राईले आफ्नै शब्द, सङ्गीत र स्वरमा यो गीत तयार गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोलाई पविन्द्र श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका छन् । पविन्द्र र सुदेश महर्जनले भिडियोका दृश्यहरु खिचेका छन् । निक्कै रमाइलो यो गीतको म्यूजिक भिडियोमा योगेन्द्र राई, अन्जना राई र मेरिना तुम्सा लिम्बूको अभिनय हेर्न पाइन्छ ।

हेर्नुहोस् यो रमाइलो पप गीतः

Loading...