रेकर्ड हाउस प्रोडक्सनको पहिलो प्रस्तुती “पुतली” सार्वजनिक

आजको म्यूजिक

काठमाडौँ, ११ वैशाख, रेकर्ड हाउस प्रोडक्सन लगनखेलको पहिलो प्रस्तुती “पुतली” बोलको गीत सार्वजनिक भएको छ । नव गायक अर्जुुन ढकालको शब्द, संगीत तथा स्वर रहेको निकै नै फरक गीत “पुतली” हालै विभिन्न टेलिभिजन तथा युट्युव मार्फत सार्वजनिक भएको हो ।

यस गीतलार्इ सागर प्रधानले एरेन्ज तथा भिडियो निर्देशन गरेका छन् । यस गीतको भिडियोमा पनि नव कलाकारहरुको नृत्य तथा अभिनय रहेको छ । रेकर्ड हाउस प्रोडक्सनले प्रतिभावान नव कलाकारहरुलार्इ प्रोडक्सनमा सहायता गरी उत्साह दिने रेकर्ड हाउस प्रोडक्सनका म्यानेजिङ्ग डाइरेक्टर सागर प्रधानले बताए ।

यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...