ललितपुरको महालक्ष्मी चोकमा मोटरसाईकल एकआपसमा ठोकिँदा ३ जना घाइते

ट्राफिक/प्रहरी समाचार

ललितपुर, ११ वैशाख, ललितपुरको महालक्ष्मी चोकमा आज बिहान पौने ४ बजे, एकान्तकुना तर्फ जाँदै गरेको बा ७६ प ७८६२ र महालक्ष्मीबाट लगनखेल तर्फ आउदै गरेको बा ४५ प ३३५४ नम्बरको मोटरसाईकल आपसमा ठोकिदा ३ जना घाइते भएका छन् । दुर्घटनामा परि ७८६२ नम्बरको मोटरसाईकल चालक काठमाडौ मुलपानी बस्ने मोरङका २५ बर्षीय पारस श्रेष्ठ, सोही मोटरसाईकल पछाडि सवार २३ वर्षीया कोपिला श्रेष्ठ र ३३५४ नम्बरको मोटरसाईकल चालक ललितपुर चापागाँउका ३५ वर्षीय श्याम घिमिरे घाइते भएका हुन् ।

घाइते तीनै जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइते मध्ये कोपिला र श्यामको अवस्था भने गम्भीर रहेको छ । आज बिहान पौने ४ बजे, भएको दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई महानगरिय ट्राफिक प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

Loading...