सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १२ जना बालकको उद्धार

समाचार

काठमाडौँ, ९ वैशाख, काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत) का साधनहरुमा बालश्रमका रुपमा कार्यरत १२ जना बालकको उद्दार गरिएको छ । आईतबार १९१ वटा गाडीको अनुगमन गर्दा सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १२ जना बालकहरुलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको हो ।

अनुगमन गरिएका सवारी साधनमा सचेतनामुलक स्टीकर पनि टाँसिएको छ । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा यो अभियान चलाइएको छ ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन पाइदैन ।

Loading...