छन्द कविता दिवस मनाइयो

साहित्य

काठमाडौँ, ८ वैशाख, मनोहरा साहित्य समाजले आफ्नो नियमित मासिक कार्यक्रमको ३१ औ रचना वाचन सम्पन्न गरेको छ । आज छन्द कविता दिवस पनि परेकोले रचना वाचन गरेर सो दिवस मनाएको हो ।

कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । अतिथिहरूमा समालोचक रमेश शुभेछुक र परशुराम पराशर रहेका थिए । अतिथि शुभेछुकले सभापति अर्यालको मन्दाक्रान्ता छन्दमा लेखिएको खण्डकाव्य ‘डहर’ को सुक्ष्म समालोचना गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले छन्द कविता, विगत र वर्तमानको बारेमा गहन मन्तब्य दिएका थिए ।

कार्यक्रममा ओमप्रसाद कोइराला, दुर्गा धमला, रञ्जु दाहाल, दीपक दाहाल, श्रीदीप दाहाल, दीपकप्रसाद दाहाल, मोहन फुयाल, मुना खतिवडा, डिल्लीप्रसाद ‘मूलतिहुन’, प्रकाश बस्नेत ‘गफाडी’, शारदा पराजुली, घनश्याम प्रसाईं, मेनका पोखरेल, गङ्गा कर्माचार्य, सम्पत काफ्ले, पुरुषोतम सिग्देल, जसध्वज गुरूङ, डा. खगेन्द्र शर्मा, खेम पोख्रेल, सुन्दर बहादुर खडका, द्वारिका कुइकेल, तारा केसी, उमेश पाण्डे, उत्तम विचार, पदम दोङले आफ्ना रचनाहरू सुनाएका थिए ।

समाजका संस्थापक डिल्लीराज अर्यालले कार्यक्रमको सभापतित्व गरेका थिए । अर्का संस्थापक शीतल गिरीले कार्यक्रम सञ्चालन गरे ।

Loading...