‘कृष्णचन्द्रसिंहका निबन्ध’ कृति बारे संवाद

साहित्य

काठमाडौँ, ८ वैशाख, साहित्यकार स्व. कृणचन्द्रसिं प्रधानप्रति श्रद्धान्जली व्यक्त गर्दै उनका निबन्धको बारेमा संवाद गरिएको छ । काठमाडोँ उपत्यका सार्वजनिक पुस्तकालयले बिहीबार आयोजना गरेको सिर्जना संवाद कार्यक्रममा कृष्णचन्द्रसिँह प्रधान र उनका निबन्धहरूको संकलन कृति ‘कृष्णचन्द्रसिंहका निबन्ध’ बारे संवाद गरिएको हो । यो कृति प्रा. डा. गोविन्दराज भट्टराईले सम्पादन गरेका हुन् ।

कार्यक्रम साहित्यकार चित्तरन्जन नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । तीर्थराज वन्तको अध्यक्षता रहेको कार्यक्रममा पुस्तकका सम्पादक डा. गोविन्दराज भट्टराई प्रमुख वक्ता रहेका थिए । कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराई, वरिष्ठ भाषाविद् तथा पत्रकार शरदचन्द्र वस्ती, पूर्व प्राज्ञ सनत रेग्मी, डा. कुमार कोइराला, ओरियन्टल प्रकाशनका प्रकाशक हरि गौतम, प्रा. ज्ञाननिष्ठ ज्ञवाली, मदनराज थापा, प्रा. डा. चन्द्रमान बज्राचार्य, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, साहित्यकार रमेशानन्द वैद्य आदिले कृति र कृतिकारका बारे आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले स्रष्टा प्रधानलाई देश, परिवार तथा समग्र साहित्य क्षेत्रले उचित मूल्याङ्कन गर्न नसकेको धारणा राखे । उनका रचनाहरुलाई प्रकाशमा ल्याएर प्रचारप्रसार गर्न सके नेपाली साहित्यको श्रीवृद्धि हुनेमा उनीहरुको जोड थियो ।

Loading...