सार्वजनिक यातायातमा बालश्रममा लगाइएका १८ जना बालकको उद्धार

समाचार

काठमाडौँ, ६ वैशाख, काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १८ जना बालकको उद्धार गरिएको छ । सार्वजनिक सवारी साधनलाई बालश्रम रहित बनाउने अभियानको आज दोस्रो दिन कोटेश्वरबाट ती बालकहरुको उद्दार गरिएको हो ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनहरुमा अनुगमन गरिएको थियो ।

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ताको नेत्रृत्वमा सुरु गरिएको सो अभियानबाट वैशाख ६ गते बिहीबार २२३ वटा गाडीको अनुगमन गरिएको थियो । अनुगमनपछि ती सवारी साधनहरुमा सचेतना मुलक स्टीकर टासिएको छ । उद्धार गरिएक बालकहरुलाई संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ । सो अभियानलाई निरन्तरता दिइने श्रम कार्यालय बागमतीले जनाएको छ ।

तस्विर: सांकेतिक

Loading...