लुकाइराखेको हातहतियार बरामद

ट्राफिक/प्रहरी समाचार

सुनसरी, ६ वैशाख, बर्जु गाउँपालिका–५ बस्ने सिसा सरदारको घर र गोठबाट ठुलो चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र गोली राउण्ड १ थान बिहीबार प्रहरीले फेला पारी बरामद गरेको छ । उनको घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा गोठमा लुकाईराखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

हतियार बरामद भए पनि सरदार फरार रहेका छन् । उनको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तस्विर: सांकेतिक

Loading...