सिन्डिकेट खारेजको विरोधमा यातायात व्यावसायी, अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा

अर्थ-बजार

काठमाडौँ, ५ वैशाख, सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै यातायात व्यवसायीहरुले सरकारले गरेको सिण्डिकेट खारेजको बिरोध गरेका छन् । आज नयाँ बानेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आजबाटै आन्दोलनका कार्यक्रम सुरु भएको भन्दै आन्दोलन मुल समितिले सरकारले आफ्नो आवाज नसुने अनिश्चित यातायात बन्द गरेर आन्दोलन गर्ने जनाएका छन् । उनीहरुले राखेका आन्दोलनका कार्यक्रम यस्ता छन् ः

२०७५ वैशाख ५ गते केन्द्र र ७ वटै प्रदेशमा पत्रकार सम्मेलन गर्ने ।

वैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने ।

वैशाख ७ गते प्रधानमन्त्री, प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने ।

वैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुका कालो झण्डा राख्ने ।

वैशाख ९ गते पार्टी प्रमुख र यातायातसँग सम्बन्धित नेताहरुलाई ज्ञापनपत्र बुझाउने ।

वैशाख १० र ११ गते प्रदेशमा कोण सभा गर्ने ।

वैशाख १२ र १३ गते सम्म सयम सारणी (तालिका फ्री छोड्ने) ।

वैशाख १४ र १५ गते सातै प्रदेशका सदरमुकाम र काठमाडौँ उपत्यकामा सबै सार्वजनिक सवारी साधानहरु क्यू फ्री छोड्ने ।

वैशाख १६ गते सबै यातायात कार्यालयहरु घेराउन गर्ने ।

वैशाख १७,१८,१९ गते प्रचार प्रसार गर्ने ।

वैशाख २१ गते आ–आफ्ना सवारी साधनलाई ग्यारेजमा थन्क्याउने ।

वैशाख २२ गते संयुक्त संघर्ष समितिको बैठक गरी थप संघर्षका कार्यक्रम तय गर्ने ।

वैशाख २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु घर, ग्यारेजमा राख्ने ।

Loading...